Websoft University

www.radiomakalu.com || 021-522512


ट्रम्पको विश्व ‘बचाउने’ योजना





न्युयोर्क – राष्ट्रपतिको पदभार सम्हालन केही दिनअघि नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व बचाउने ‘ब्लुप्रिन्ट’ सार्वजनिक गरेका छन् ।

यसमा उनको विदेश नीतिको योजनाहरु रहेका छन् जसले अमेरिकाको युरोपेली साझेदारहरुमा आतंक सृजना गरिरहेको छ । जमर्नीका विदेश मन्त्रीले ब्रसेल्समा भएको युरोपेली युनियनको मिटिङमा ट्रम्पको योजनमाथि नेताहरुको प्रतिक्रियामा ‘विस्मय र आतंक’ देखिएको बताएका थिए ।

लामो समय उनले यसबारे धेरै कुरा नखुलाए पनि ट्रम्पले जर्मन पत्रिका ब्लीड र बेलयाती पत्रिका द टाइम्ससँगको संयुक्त अन्तर्वार्तामा खुलेर यसको चर्चा गरेका छन् । टाइम्सले त अन्तर्वार्तामा आफ्नो स्तम्भकार रहेका बेलायतको संसद् सदस्य तथा ब्रेक्जिट समर्थक माइकल गोभलाई नै पठाएको थियो ।


अन्तर्वार्तामा ट्रम्पले विश्वका विभिन्न भागलाई ‘मर्मत’ गर्न आवश्वयक रहेको र आफू त्यसका लागि उपयुक्त व्यक्ति भएको बताएका छन् ।





अन्तर्वार्तामा ट्रम्पले चीनदेखि रसिया, नेटो, जर्मन चान्सलर एन्जेला मर्केल र बेलायती महारानीजस्ता विश्वका मामिलाबारे कुरा गरेका छन् ।

अन्तर्वार्तामा ट्रम्पले मर्केलको तारिफ र आलोचना दुवै गरेका छन् । विशेष गरेर सन् २०१५ मा सिरियाका आप्रवासीलाई स्वागत गर्ने निर्णय गरेर अवैद्यहरुलाई देशमा भित्र्याउने ‘गम्भिर गल्ती’ गरेको बताएका छन् ।

मर्केले पनि यसअघि ट्रम्पबारे बोल्दै उनले पदभार ग्रहण गरेपछि मात्र दुई देशबीच कस्तो समझदारी गर्न सकिने कुरा पहल्याउने बताएकी थिइन् ।

अन्तर्वार्तामा ट्रम्पले विश्वका विभिन्न भागलाई ‘मर्मत’ गर्न आवश्वयक रहेको र आफू त्यसका लागि उपयुक्त व्यक्ति भएको बताएका छन् ।

उनले आफू कुनै राजनीतिज्ञ नभए पनि रसियासँग सम्झौता गर्न आफू सक्षम रहेको बताए । ‘हेरौँ रसियासँग हामीले राम्रो सम्झौता गर्न सक्छौँ कि,’ उनले दुई जना पत्रकारलाई भने । उनको संकेत भ्लादिमिर पुटिनसँग परमाणु हतियार उत्पादनमा कमी गर्ने सम्झौता तर्फ थियो । यो प्राप्त गर्न उनले अमेरिकाले रसियासँगको व्यवसायमाथि लगाउँदै आएको प्रतिबन्धहरुलाई छलफलको विषय बनाउन सक्ने संकेत समेत गरेका छन् ।

नेटो गठबन्धनलाई ‘काम नलाग्ने’ संज्ञा दिँदै उनले रसियासँगको आउँदो सम्बन्धबारे आधारभूत प्रश्नहरु पनि गरे । नेटो धेरै वर्षअघि परिकल्पना गरिएको र अमेरिकाबाहेक अन्य देशले उनीहरुले तिर्नुपर्ने रकम नतिरिरहेको उनको तर्क थियो ।
हुनतः यो कुनै नौलो विषय होइन । तर, पदभार ग्रहणको दिन नजिक आइरहँदा उनको यो रटानले अमेरिकाका साझेदारहरु सशंकीत बनेका छन् । उता नेटोले भने ट्रम्पको भनाई विपरित अमेरिका यस गठबन्धनमा समर्पित रहने बताउँदै आश्वस्त पार्न खोजेको छ ।

तर, युरोपको व्युरोक्राटिक मुटु मानिएको ब्रसेल्समा भने आश्वासनभन्दा धेरै अविश्वास थियो । जमर्नीका विदेश मन्त्रीले आफूले नेटोका महासचिवसँग आफूहरुको चिन्ताबारे छलफल गरेको बताएका थिए । ट्रम्पको भनाई अमेरिकाका डिफेन्स सेक्रेटरीले केही दिनअघि बोलेको कुरासँग बाझिएको उनले बताए ।


युरोपको संवदेनशीलतामाथि ट्रम्पले हमला गर्दा उनको ध्यान त्यहाँको भूराजनीतिमा मात्र सिमित थिएन, त्यहाँको व्यवसायमा पनि उनको ध्यान थियो ।


युरोपको नजरबाट ट्रम्पसँग नेटो मात्र र नभएर युरोपियन युनियनबारे ज्ञानको कमी भएको ठहर छ । ट्रम्पको बुझाईमा युनियन अमेरिकाबाट जागिर खोस्नका लागि बनाइएको र यसबाट जमर्नीले मात्र फाइदा उठाइरहेको बुझाइरहेको छ । अन्तर्वार्तामा उनले भनेका छन्, ‘बेलायत र युरोपियन युनियनलाई हेरौँ र त्यहीँ जमर्नीलाई । यो मुख्यतः जमर्नीको लागि औजार बनेको छ । त्यही भएर बेलयातले युनियनबाट छुट्टिएर सुझबुझपूर्ण काम गरेको छ ।’

ट्रम्पले ब्रेक्जिट अब सफल हुने र युरोपियन युनियनका अन्य देशहरुले बेलायातको बाटो पछ्याउने बताएपछि फ्रान्सका विदेशमन्त्री जिन मार्क आयरल्टले तुरुन्तै प्रतिक्रिया जनाए, ‘युरोपलाई जोगाउने सबैभन्दा उपयुक्त उपाय भनेको ट्रम्पको निमन्त्रणलाई अस्वीकार गरेर एकढिक्का रहनुनै हो ।’

युरोपको संवदेनशीलतामाथि ट्रम्पले हमला गर्दा उनको ध्यान त्यहाँको भूराजनीतिमा मात्र सिमित थिएन, त्यहाँको व्यवसायमा पनि उनको ध्यान थियो ।

न्युयोर्कमा जर्मन मर्सिडिज कारहरु टन्नै रहे पनि जमर्नीमा अमेरिकी सेभरोले कारहरु निकै कम भएको बताउँदै ट्रम्पले भने, ‘जमर्नीमा तपाइँ कतिवटा सेभरोले कारहरु देख्नुहुन्छ ? सायद एउटा पनि देख्नुहुन्न । हामी सायद यो व्यापारमा ८ सय बिलियन डलर गुमाइरहेका छौँ । अब व्यवसाय दुईतर्फी हुनुपर्छ ।’

जमर्नीका भाइस चान्सलरले यसको प्रतिवाद गर्दै अमेरिकाले राम्रो कार बनाउन शुरु गर्न पर्ने बताए पनि बिएमडब्लु र डायमलरको सेयरको भाउ २ प्रतिशतले गिरीसकेको थियो ।

ट्रम्पले बिएमडब्लु र अन्य कार निर्माताहरुले अमेरिकामा नै निर्माण शुरु गनुपर्ने नत्र बाहिरबाट कार भित्र्याउनु परे ३५ प्रतिशतसम्म कर तिर्नुपर्ने बताए । बिएमडब्लुले यसबारे तुरुन्तै प्रतिक्रिया जनाउँदै आफूहरुले अमेरिकामा नै कार निर्माण गर्ने बताएको थियो ।

यति मात्र होइन उनले सम्झौताका अनौठो सर्तहरु पनि अघि सारेका छन् । एकतर्फ उनले बेलायतले चाहेको द्रुत गतिको व्यवापार सम्झौता गर्ने वाचा गरे भने त्यहीँ मध्यपूर्वको शान्ति सम्झौतामा उसले अमेरिकाको समर्थन गर्नुपर्ने सर्त अघि सारे ।

बेलयातले संयुक्त राष्ट्रसंघमा आफ्नो भेटो प्रयोग गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न गर्दा उनले भने, ‘मैले बेलायतले भेटो प्रयोग गर्ने आशा गरेको छु ।’ दुवै कुरालाई उनले स्पष्ट रुपमा नजोडे पनि त्यो कुरा बुझ्न त्यसलाई जोडिराख्न आवश्यक पनि छैन ।

बेलायती प्रधानमन्त्री थेरेसाका लागि व्यापार सम्झौताबारे ट्रम्पको बयान निकै सही समयमा आएको छ किनभने यो नै बेलायतको सरकार यतिबेला अमेरिकाबाट चाहन्छ । तर, उनको पछिल्लो प्रतिक्रियाले भने यो सम्झौता दुवैका लागि दुईधारे तरवार हुने प्रष्ट देखिँदैछ ।

मे नवनिर्वाचित राष्ट्रपतिसँग नजिक देखिएकी छिन् । उनी अमेरिकाको सहयोगले ब्रेक्जिटबाट हुने व्यापार घाटाबाट जोगाउन चाहन्छिन् । ट्रम्प पनि युरोपियन युनियनबारे त्यति सकारात्मक नभएको अवस्थामा बेलायतको युनियनसँगको डिभोर्स अझै तितो बन्ने देखिन्छ ।

इतिहासलाई हेर्ने हो भने अमेरिका र युरोपबीच तनाव हुँदा अमेरिकी राष्ट्रपतिहरुले बेलायततर्फ मोडिँदै सम्बन्ध सुधारको प्रयास गर्ने गरेका थिए । तर, युरोपियन युनियनसँग बेलायतको बार्हिगमनबारे जटिल सम्झौता गर्न खोजिरहेकी बेलायती प्रधानमन्त्रीका लागि उनको पछिल्लो कुटनीतिक पहल निकै फलदायी नहुने देखिएको छ ।
सिएनएनबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget