Websoft University

www.radiomakalu.com || 021-522512


सबैको योगदानबाट मात्रै समाज रुपान्तरण गर्न सकिन्छ – मुख्यसचिव


somlal subedi
पोखरा, पुस २९ गते । मुख्यसचिव डा सोमलाल सुवेदीले सबैको योगदानबाट मात्रै समाज रुपान्तरण गर्न सकिने बताउनुभएको छ । लेखनाथ नगरपालिका–१ भण्डारढिकमा सञ्चालित जनप्रकाश बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटन गर्दै विकास निर्माणमा स्थानीय जनताको होस्टेमा हैँसे गर्न सरकार तयार रहेको बताउनुभयो ।

अधिराज्यका स्थानीय तहबाट वार्षिक एक लाखभन्दा बढी नयाँ योजनाका लागि बजेट माग हुने गरेको बताउँदै उहाँले सामुदायिक क्याम्पस र विद्यालयमा हुने लगानीअनुसारको प्रतिफल आउन नसकेको गुनासो गर्नुभयो । स्थानीय विकास मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, पूर्वाधार क्षेत्र विकास कोष, लेखनाथ नगरपालिका र क्याम्पसको आन्तरिक स्रोत परिचालन गरी कुल रु एक करोड ४८ लाखको लागतमा १२ कोठे भवन निर्माण गरिएको हो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बाबुराम गिरी र जीवन ज्ञवालीलगायतका वक्ताले बोल्नुभएको थियो ।

भवन निर्माण गर्न सहयोग गर्ने समाजसेवी हिरामणि भण्डारी, कमल गुरुङ र रामबहादुर भण्डारीलाई सम्मान गरिएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget