Websoft University

www.radiomakalu.com || 021-522512


कसको पोल्टामा पर्ला फिफा वर्ष खेलाडी ?



जुरिच – फुटबलको नियामक निकाय फिफाले आज वर्ष खेलाडीको घोषणा गर्दैछ । सोमबार जुरिचमा हुने समारोहमा एथ्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजमान, रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनेल मेस्सी पुनः एक पटक आमनेसामने छन् ।

गत महिना बालोन डि’ओर अवार्डमा मेस्सी र ग्रिमानलाई पछि पार्दै रोनाल्डोले चौँथो पटक उपाधिमाथि कब्जा जमाएका थिए ।

गत वर्ष फ्रान्स फुटबलसँग ६ वर्ष लामो सहकार्य तोड्दै फिफाले आफै पुरस्कार वितरण गर्ने बताएको थियो । त्यही भएर वर्षका उत्कृष्ट खेलाडीलाई ‘फिफा बालोन डि’ओर’ भनेर एकै पटक दिइने पुरस्कार यस वर्षदेखि फरक–फरक गरी दुई पटक दिइनेछ ।

यस वर्षको फिफा वर्ष खेलाडीको उपाधिमा पनि रोनाल्डोले कब्जा जमाउने अनुमान गरिएको छ ।


त्यस्तै, आजको समारोहमा वर्षको उत्कृष्ट महिला फुटबल खेलाडी, प्रशिक्षकलाई पनि पुरस्कृत गरिनेछ ।

उत्कृष्ट प्रशिक्षकको होडमा लेस्टरलाई प्रिमियर लिगको उपाधि दिलाएका क्लाउडियो रानिएरी, पोर्चुगललाई युरो कपको उपाधि दिलाएका फर्नान्डो सान्तोष र रियललाई च्याम्पियन्स लिगको उपाधि दिलाएका जिनेदिन जिदान रहेका छन् ।

राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक र केही खेल पत्रकारहरुले विजेताको लागि मतदान गरेका छन् । यस वर्षदेखि पहिलो पटक अनलाइन भोटिङको पनि व्यवस्था गरिएको छ ।

हरेक श्रेणीबाट २५ प्रतिशत अंक जोडिनेछ ।

त्यस्तै, आजको समारोहमा वर्षको उत्कृष्ट गोललाई पुस्कास अवार्ड तथा उत्कृष्ट फ्यानको अवार्ड पनि दिइनेछ ।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget