काठमाडौं,माघ ४ गते । परराष्ट्रमन्त्री प्रकाशशरण महत र भारतीय विदेश राज्यमन्त्री भीके सिंहबीच भेटवार्ता भएको छ ।
भारतको एक थिंकट्यांकले आयोजना गरेको सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री महत दिल्ली पुगेका हुन् । त्यसक्रममा उनले मंगलबार डा. महत र सिंहबीच दिल्लीमा भेटवार्ता भएको हो ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज विरामी भएका कारण मन्त्रालय आउने गरेकी छैनन् ।
भ्रमणका क्रममा मन्त्री महतले पुराना ५ सय र हजारका नोट सटही र नयाँ २ हजारको नोटको नेपालमा कारोबारका लागि भारतीय पक्षसँग कुराकानी गर्ने बताइएको छ ।-अनलाइनखबर
Post a Comment