काठमाडौ माघ ८ गते राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटघाट भएको छ ।
आज साँझ बस्ने चार दलको बैठकअघि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको हो । निर्वाचनको मिति घोषणा तथा संशोधन प्रस्तावमा देखिएको गतिरोध अन्त्यको बारेमा छलफल भएको बताइएको छ ।
दलहरुको बीचमा समझदारी बनाएर कुनै काम गर्न राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सविधान संशोधन, निर्वाचनको मितिलगायतका विषयमा छलफल भएको छ ।
Post a Comment