Websoft University

www.radiomakalu.com || 021-522512


तौल घटाउन चाहनुहुन्छ ? सुन्तला खानुहोस्





तौल घटाउनुको अर्थ आफूले खाएको भन्दा बढि क्यालोरी बर्न गर्नु हो । तौल घटाउन चाहनुहुन्छ भने यसमा तपाईंलाई सुन्तलाले सहयोग गर्नसक्छ ।

सुन्तलामा क्यालोरीको मात्रा निकै कम हुन्छ । यसमा रहेको ‘नेचुरल सुगर’ ले तौल घटाउने तपाईंको सोचलाई पूर्ती गर्न सक्छ । सुन्तलाका साथै सन्तुलित आहार, व्यायामले तपाईंको सोचलाई केही दिनभित्रै वास्तविकतामा परिणत गर्न सहयोग गर्दछ ।

थाहा पाउनुपर्नेः सुन्तला तपाईंको बोसोलाई पगाल्ने चमत्कारिक औषधी भने होइन ।

कम क्यालोरीः

सुन्तला खाँदा गुलियो भए पनि यसमा क्यालोरीको मात्रा निकै कम हुन्छ । सुन्तलामा पाइने ‘नेचुरल सुगर’ ले तपाईंको मांशपेशी र दिमागलाई ऊर्जा प्रदान गर्दछ ।

फाइबरयुक्तः

सुन्तलामा फाइबरको मात्रा निकै धेरै हुन्छ त्यसकारण यसले तपाईंको भोकलाई नियन्त्रणमा राख्दछ । पानीसँग सुन्तलामा भएको फाइबार फुल्छ जसले खाएको निकै बेरपछि पनि तपाईंको पेट भरी भएको महसुस गर्नुहुनेछ ।

फाइबरयुक्त खानेकुरा धेरै खाने मानिसहरु पातलो भएको विभिन्न अध्ययनले बताउँछ ।

सुन्तला खानुहोस्, यसको जुस होइनः

तौल घटाउनका लागि तपाईंले सुन्तलाको जुस नभई पूरा सुन्तला नै खानुपर्छ । सुन्तलाको एक कपमा ११२ क्यालोरी हुन्छ जुन पूरा सुन्तलामा पाइनेभन्दा लगभग दुई गुणा बढि हो ।

भिटामिन सी ले भरपुरः

सुन्तलामा पाइने जस्तै भिटामिन सीले भरिपूर्ण फलले तौल घटाउन सहयोग गर्दछ । सन् २००५ को अमेरिकन कलेज अफ न्यूट्रिसन जर्नल अनुसार नियमित रुपमा भिटामिन सीयुक्त खानेकुरा खाने मानिसहरु यो प्रयोग नगर्ने भन्दा पातला पाइयो ।

खानामा सुन्तला समावेश गर्दाः

तौल घटाउन दिनमा कतिवटा सुन्तला खानुपर्छ भन्ने बारे तोकिएको छैन । तौल घटाउन चाहनुहुन्छ भने आफ्नो खानामा भरपूर सागपात र सुन्तलालगायतका फलफूल समावेश भने पक्कै गर्नुपर्छ । भोक लाग्दा सुन्तला खाने गरे तपाईंले आफ्नो तौल घटाउन सक्नुहुन्छ ।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget