Websoft University

www.radiomakalu.com || 021-522512


आरबीआईले राष्ट्र बैंकलाई १ अर्ब भारु दिने, सटही सहज हुने



काठमाडौं , पुष २१ गते । रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले नेपालमा भारतीय रुपैयाँ (भारु) को अभाव समस्यालाई तत्काल समाधान गर्न १ अर्ब भारतीय रुपैयाँ दिने भएको छ ।
नेपालमा भारु अभावले संकट आएपछि आरबीआईले तत्कालका लागि १ अर्ब भारु दिन तयार भएको हो । माघको दोस्रो साताभित्र १ अर्ब भारु नेपाल भित्रिने नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । राष्ट्र बैंकले भारु ल्याउनका लागि तयारी गरिरहेको उनले जानकारी दिए ।
राष्ट्र बैंकले आफुसँग भएको डलर आरबीआईलाई बेचेर भारु खरिद गर्न लागेको हो । भारतबाट आएपछि नेपालमा भारुको अभाव समस्या समाधान हुने उनले बताए । भारतले २ हजार दरका नयाँ भारु नोट जारी गरे पनि आरबीआईले खुला नगरेकाले नेपालमा प्रतिवन्ध नै रहेको पौडेलले स्पष्ट पारे ।
नेपालमा रहेको ५ सय र १ हजार दरका प्रतिबन्धित भारु साट्ने विषयमा छलफल गर्न भारतीय अधिकारी नेपाल आउन लागेको उनले बताए । उनीहरु आउने भने पनि मिति तय भइनसकेको राष्ट्र बैंकले जनाएको छ ।
भारतले डेढ महिनाअघि कालोधन र जाली नोट निषेध गर्न तथा आतंकवाद नियन्त्रणका लागि भन्दै देशभर ५ सय र १ हजारका नोटमा प्रतिवन्ध लगाएपछि नेपालमा पनि भारुको अभाव हुँदै आएको छ ।
राष्ट्र बैंकले व्यक्तिगत अवस्था हेरेर बढीमा २५ हजार भारुसम्म सटही गरिरहेको छ । नागरिकता देखाएर २ हजार, सटहीको उद्देश्य खुलाएमा बढीमा १० हजार र औषधी उपचारका लागि बढीमा २५ हजार भारु दिँदै आएको छ ।
भारतले ५ सय र १ हजार दरका भारुमा प्रतिवन्ध लगाएपछि बजारमा भारुको अभाव हुन गएको थियो । राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथलीमा भारु सटहीका लागि सर्वसाधारणको भीड लाग्ने गरेको छ । राष्ट्र बैंकले १ सय भारु सटही सुविधा दिइरहेको छ ।
राष्ट्र बैंक नेपालमा भएका ५ सय र १ हजार दरका भारु सटही गर्न भारत सरकारको निर्णयको प्रतिक्षा गरिरहेको छ ।
नेपालीले बढीमा २५ हजार भारु मात्र सहटी गर्न पाउने कानूनी व्यवस्था भएकाले सोही बराबर रकम साट्न पाउनुपर्ने माग राष्ट्र बैंकले गरिसकेको उनले जानकारी दिए ।
नेपालको बैकिङ प्रणालीमा ५ सय र १ हजार दरका भारु २ करोड रुपैयाँ मात्र रहेको छ । धेरै भारु काठमाडौं उपत्यका र प्रमुख शहरका अतिरिक्त सीमा क्षेत्रमा बढी छ । कालोधन समाप्त पार्न भारतले गरेको अभियानले नेपालको अर्थतन्त्रमा प्रभाव पारेको छ । नेपालमा ५ सय र १ हजार दरका करोडौं भारु रहेको अनुमान गरिएको छ । राष्ट्र बैंकले २५ हजार भारुसम्म सटही सुविधा दिँदै आएको छ । - बाह्रखरीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget