Websoft University

www.radiomakalu.com || 021-522512


एड्सको भाइरस ५० करोड वर्ष पूरानो


aids

प्राणघातक रोग एड्सको भाइरस एचआइभी करीब ५० करोड वर्ष पूरानो रहेको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् । यसअघि रेट्रोभाइरस प्रजातिमा पर्ने एचआइभी १० करोड वर्ष मात्र पूरानो रहेको मानिँदै आएको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले पछिल्लो तथ्य पत्ता लगाएका हुन् ।

वैज्ञानिकहरुका अनुसार रेट्रोभाइरसको उत्पत्ति समुद्रबाट भएको हो । सामुदि्रक जिवहरुसँगै उक्त भाइरस आफ्नो विकाशात्मक संक्रमणका लागि समुद्रबाट जमिनमा आएको वैज्ञानिकहरुको भनाई छ ।

अक्सफोर्ड विश्वविद्यालयका जिव विज्ञान विभागका प्राध्यापक डाक्टर अरिस काटजेउराकिसका अनुसार रेट्रोभाइरस कम्तिमा ४५ करोड वर्ष पूरानो हो । यो कम्तिमा प्यालियोजोइक महाकल्पमा उत्पत्ति भएको हो ।

रेट्रोभाइरसका विभिन्न प्रकारहरुले एड्स, क्यान्सर तथा रोगप्रतिरोधी क्षमताको क्षयिकरण सँग सम्बद्ध विभिन्न खाले रोग पैदा गर्दछन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget