Websoft University

www.radiomakalu.com || 021-522512


पत्रकारहरुलाई जोखिममुक्त बनाउन स्थायी संयन्त्र बनाइने



काठमाडौं,पुस २० गते । नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई जोखिममुक्त बनाउन स्थायी संयन्त्र बनाउने भएको छ ।
महासंघका अध्यक्ष महेन्द्र विष्टले पत्रकारहरुलाई जोखिम मुक्त बनाउन स्थायी संयन्त्र बनाउने तयारी भइरहेको जानकारी दिएका हुन् । विष्टका अनुसार राष्ट्रिय मानव अधिकार आयोगसँग समन्वय गरेर पत्रकारहरुलाई जोखिममुक्त बनाउने संस्थागत संरचना तयार गरिने छ ।
प्रेस स्वतन्त्रता हननको अनुगमनका लागि साझा मापदण्ड विषयक पुस्तकको काठमाडौंमा विमोचन गर्दै अध्यक्ष विष्टले प्रेस स्वतन्त्रताको रक्षा गर्न पनि स्थायी प्रकृतिको अनुगमन संयन्त्र बनाउनु परेको बताए । उनले संचार माध्यामविरुद्ध शारिरीक, मानसिक तथा भौतिक हिंसामा कमी नआएको उल्लेख गर्दै त्यसलाई नियन्त्रणमा लिन आफूहरु लागि पर्ने समेत बताए ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले नेपाली संचार माध्यामले परिवर्तनको नेतृत्व नभई नागरिकलाई सचेत बनाउने गरी समाचार सम्प्रेषण गर्न केन्द्रित हुनुपर्नेमा जोड दिए । आचार्यले नागरिकलाई सत्य तथ्य सुचनो जानकारी गराउन संचार माध्याम लागि नपरेसम्म प्रेस स्वतन्त्रताको रक्षा हुनै नसक्ने दावी समेत गरे ।
पुस्तकमा प्रेस स्वतन्त्रताको अवस्थाको अनुगमन, अवलोकन, अभिलेखनसहितको प्रतिवेदन समावेश गरिएको छ ।- रातोपाटी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget