Websoft University

www.radiomakalu.com || 021-522512


नाराबाजीबीच संविधानको दोस्रो संशोधन प्रस्ताव प्रस्तुत


Rss_Images_1483878334887_RS_Ktm_170108170108_8900
काठमाडौँ, २४ पुस । सरकारले व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा ‘नेपालको संविधान ९दोस्रो संशोधन०, २०७३’ प्रस्तुत गरेको छ ।

नेकपा ९एमाले०लगायत विपक्षी दलहरूको होहल्ला र नाराबाजीका बीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले उक्त संशोधन प्रस्तुत गर्नुभएको हो ।

त्यसअघि, सांसद प्रेम सुवाल र अर्का सांसद चित्रबहादुर केसीले बेग्लाबेग्लै प्रस्तुत गर्नुभएका संशोधन प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

सांसद सुवालले आफूले संविधानको दोस्रो संशोधनका निम्ति नभई प्रस्ताव नै फिर्ता लिन सदनसमक्ष विरोधको सूचना दिएको स्पष्ट गर्दै त्यसको खारेजीको पक्षमा आफू रहेको बताउनुभयो । यसैगरी सांसद केसीले पनि विरोधको सूचना फिर्ता नमान्नुभएपछि बैठकले उहाँहरुको प्रस्तावलार्य बहुमतले अस्वीकृत गरेको हो ।
व्यवस्थापिका–संसद्को अर्को बैठक यही पुस २५ गते सोमबार दिउँसो १३ः०० बजे बस्नेछ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget