Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रवादको नाराभित्र राष्ट्रघातः ऊर्जामन्त्री शर्मा

janardan-sharma-pravakar-6

काठमाडौं,पुष २४ गते । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रवादको नाराभित्र राष्ट्रघाती काम भइरहेको टिप्प्पणी गरेका छन् ।

संविधान संशोधनका विरुद्ध आन्दोलनरत एमालेतर्फ संकेत गर्दै उनले मधेसी समुदायलाई अधिकारविहीन बनाएर राष्ट्रियताको आन्दोलन सफल नहुने तर्कसमेत गरे ।

अखिल क्रान्तिकारीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले भने, ‘कतिपय राजनीतिक शक्तिहरुले राष्ट्रवादको नारा अघि सार्दै आन्तरिक राष्ट्रियता विथोल्न लागि परेका छन् । मुलुकभित्रकै ठूलो समुदायलाई अधिकारविहीन बनाएर राष्ट्रियता बलियो हुँदैन ।’

उनले नेकपा एमाले लगायतका विपक्षी दलहरुको आन्दोलनले निर्वाचन तालिका पर धकेल्ने काम गरेको दाबी समेत गरे ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget