Websoft University

www.radiomakalu.com || 021-522512


अमेरिकाको फ्लोरिडा एयरपोर्टमा गोली चल्यो, पाँचको मृत्यु

america-golikanda-florida

अमेरिकाको फ्लोरिडा राज्यको बिमानस्थलमा एक बन्दुकधारीले पाँच जनाको हत्या गरेका छन् । गोलीकाण्डमा ८ जना घाइते छन् ।

समाचारहरुमा जनाइएअनुसार सन्दिग्ध हमलाकारी इराक युद्धमा सहभागी भएका २६ बर्षीय पूर्व सैनिक एस्तेवान सान्टियागो हुन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

गोलीकाण्डको कारण खुलिसकेको छैन । अधिकारीहरुका अनुसार हमलामा सायद उनी एक्लै थिए । अमेरिकी मिडियाले भने सान्टियागो मानसिक रुपमा अस्थिर रहेको समाचार प्रशारण गरेका छन् ।

समाचारमा जनाइएअनुसार सरकारले आफ्नो दिमाग नियन्त्रित गरेको र जिहादी भिडियो हेर्न बाध्य पारेको आरोप उनले लगाएका थिए ।

फ्लोरिडाको फोर्ट लाउडर्डेलको तर्फबाट भनिएको छ कि टर्मिनल दुईको सामान लिने स्थान नजिकै हमला भएको थियो । प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारीले स्टार वार्स टी-सर्ट लगाएका थिए र गोली चलाइरहँदा उनी मौन थिए ।

प्रत्यक्षदर्शीका अनुसार बन्दुकको गोली सकिएपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । एयरपोर्टका अधिकारीहरुले सुरक्षा जाँच गर्दा उनको बन्दुकमा गोली लोड थिएन । गोली उनको झोलामा थियो । भित्र छिरेपछि बाथरुममा गएर गोली लोड गरेको बताइएको छ ।

अमेरिकामा खाली र लक गरिएको बन्दुकको साथ उडान गैरकानूनी होइन ।

अमेरिकाको फेडेरल एभिएसन अथोरिटिजले एक बिज्ञप्ति जारी गर्दै एयरपोर्ट बन्द गर्ने निर्णय गरेको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन् कि उनले यस भयावह घटनाको निगरानी गरिरहेका छन् ।-अनलाइनखबर
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget