Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री आज अबुधाबी जानुहुँदै



काठमाडौँ, माघ १ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वल्र्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रूपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी अबुधाबी प्रस्थान गर्दै हुनुहुन्छ ।
यूएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद विन रसिद मोक्तुमको विशेष निमन्त्रणामा प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, शिष्टाचार महापाल दीपक अधिकारी, उहाँको स्वकीय सचिवालयका सदस्य हुनुहुन्छ । यस्तै ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जा मन्त्रालयका सहसचिव लगायतको टोली पनि सोही प्रतिनिधिमण्डलको सदस्यका रूपमा समिटमा सहभागी हुनुहुने कार्यक्रम छ ।
प्रधानमन्त्रीले आगामी सोमबार सो समिटमा ऊर्जाका विभिन्न क्षेत्र, नेपालमा लगानीको अवसर, नेपालले अवलम्बन गरिरहेको नीति एवं भावी परिदृश्यबारे विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले यूएईका राष्ट्रप्रमुख, सरकारप्रमुख एवं उच्च अधिकारीसँग आपसी हित, द्विपक्षीय चासो, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय चासोका विषयमा महŒवपूर्ण भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं शिष्टाचार महापाल अधिकारीले जानकारी दिनुभयो ।
भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपाली कामदारको समस्या समाधान गर्न, सुरक्षित एवं भरपर्दो रोजगारीको वातावरण बनाइदिन र कामदारको सुरक्षाका विषयमा समेत समकक्षी एवं उच्च सरकारी अधिकारीसँग कुराकानी गर्नुहुने कार्यक्रम छ ।  शिष्टाचार महापाल अधिकारीले कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय भए पनि यूएईमा यस स्तरको उच्चस्तरीय भ्रमण यसअघि नभएको बताउनुभयो ।
प्रधानमन्त्रीले उहाँका समकक्षी मोहम्मद विन रसिद मोक्तुमसँग आपसी हित र द्विपक्षीय चासोका विषयमा आगामी आइतबार द्विपक्षीय कुराकानी गर्नुहुनेछ ।
यस्तै आगामी सोमबार समिटको उद्घाटन सत्रमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नुहुनेछ भने सोही दिन सम्मेलनमा सहभागी हुन आउनुभएका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकारप्रमुखसँग आपसी हित र चासोका विषयमा छलफल गर्नुहुनेछ ।
वैकल्पिक ऊर्जाका क्षेत्रमा यूएईले गरेको विकास संसारका लागि अनुकरणीय रहेको सन्दर्भमा त्यसबाट नेपालले फाइदा लिन सक्नेछ । सम्मेलनमा ऊर्जाका क्षेत्रमा काम गर्दै आएका ३२ मुलुकका ६०० बढी कम्पनीले भाग लिँदैछन् भने विभिन्न ३० कार्यक्रममा १२५ जना विषयविज्ञले आफ्नो प्रवचन दिने कार्यक्रम छ ।
यस्तै समिटमा ऊर्जामन्त्री शर्माले पनि महŒवपूर्ण सम्बोधन गर्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget