Websoft University

www.radiomakalu.com || 021-522512


यसरी गर्दैछन् विपक्षी दलले भोलिको जनप्रदर्शन



काठमाडौं , पुस २१ गते। एमालेले आफु सहित नौ दलको आयोजनामा पुस २२ गते हुने बृहत जनप्रदर्शनको तयारी तीब्र पारेको छ ।

भोलिको जनप्रदर्शनको प्रचार–प्रसारका लागि पुस २१ गते अपरान्ह ३ बजे प्रदर्शनीमार्गबाट मोटरसाइकल -याली निकाल्ने भएको छ । र्याली भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, सिनामंगल, बत्तीसपुतली, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कमा पुगेर समापन गर्ने एमाले प्रचार विभाग प्रमुख योगेश भटटराइले जनाएका छन् ।
त्यस्तै पुस २२ गतेको जनप्रदर्शन अपरान्ह १ बजे रत्नपार्कबाट सुरु हुनेछ । त्यसभन्दा अघि विभिन्न ४० स्थानबाट जुलुसहरू रत्नपार्क आउनेछन् । एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्यूरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुदै प्रदर्शनीमार्गमा सभामा परिणत हुनेछ । सभालाई ९ राजनीतिक दलका प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै जनप्रदर्शनलाई व्यवस्थित बनाउँन एमालेले पाँचसय स्वयम्सेवक तयार बनाएको छ । बिहिबार बिहान एमाले केन्द्रीय कार्यालयमा एमाले उपाध्यक्ष वामदेव गौतमले अनुशासित र चनाखो भएर काम गर्न स्वयम्सेवकहरुलाई निर्देशन दिएका छन् ।
उपाध्यक्ष गौतमले निर्देशन दिदै भने, ‘अभद्र तथा उच्छृंखल गतिविधिहरूमाथि निगरानी गर्दै जनप्रदर्शनलाई भव्य र शानदार ढंगले सम्पन्न गर्न तपाईहरुको भुमिका महत्वपुर्ण हुन्छ, त्यहीअनुसार लाग्नुस ।’
गौतमले एमाले जीवित रहँदासम्म देश विखण्डन हुन नदिने र जातीय तथा साम्प्रदायिक सद्भाव बिथोल्नेहरूलाई परास्त गर्ने उद्घोष समेत गरे ।- रातोपाटी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget