Websoft University

www.radiomakalu.com || 021-522512


माघ १५ गते भित्रमा तीनै तहको निर्वाचन ः मन्त्री केसी



विराटनगर माघ ३ गते । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले माघ १५ गते भित्रमा तीनै तहको निर्वाचनको मिति घोषण गरिने बताउनु भएको छ । उहाँले स्थानीय तह, प्रदेश र संसदको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै निर्वाचनको मिति घोषणा भएपछि सबै दलले निर्वाचन सफल बनाएर संविधान कार्यान्वयनको बाटो लाग्नु पर्नेमा जोड दिनु भयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री केसीले आइतबार मोरङको पथरीशनिश्चरे नगर समितिको नगर सम्मेलनको उद्घाटन गर्दै निर्वाचन नै प्रजातन्त्रको मेरुदण्ड भएकोले सबै कार्यकर्तालाई चुनावमा होमिन अनुरोध गर्नुभयो । उहाँले अवको १५ महिनाभित्र तिनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने अवस्था रहेकाले सवैको सहमति आवश्यक भएको बताउनु भयो ।

कार्यक्रममा कांग्रेसभित्र गुट उपगुटको चलखेलले पार्टीलाई कमजोर बनाएको टिप्पणी गर्दै मन्त्री केसीले पार्टी भित्र सामान्य गुट उपगुट हुनु साधारण कुरो भएकोले त्यस्ता विषयलाई समस्याका रुपमा अघि सार्नु नहुने तर्क गर्नुभयो । मन्त्री केसीले केन्द्रमा समेत हुने गरेको विधि विपरितको गतिविधि अन्त्य गर्न तल्लो तहदेखिका कार्यकर्ताले इमान्दारिताको राजनीति गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पार्टीका जिल्ला सभापति एवम सांसद डिगबहादुर लिम्बूले अधिवेशन ताकाको कुण्ठा बोकेर सधैं नहिडन कार्यकर्तालाई अनुरोध गर्नुभयो । उहाँले अब हुने स्थानीय निकायको निर्वाचनमा गोजीबाट टिकट नबाढन बताउँदै फिल्डमा कार्यकर्ता भेला गरेर टिकट बाढने बताउनु भयो ।

नगर सभापति टेकबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा पथरीशनिश्चरे नगर विकास समितिका अध्यक्ष पर्शुराम कार्की लगायत एक दर्जन नेताले बोलेका थिए । कार्यक्रममा ३ दर्जन व्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका थिए ।



यसै गरी

कोशि हैरचामा अवस्थित जनता उच्च माध्यामिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै मन्त्री केसीले गुणस्तरीय शिक्षा प्राप्ति सबैको लक्ष्य हुनुपर्नेमा जोड दिनु भयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्ने विषमा दलीय एकता कायम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नु भयो ,‘विद्यार्थीहरुले कर्तव्य र लक्ष्यप्राप्तिमा ध्यान दिनु पर्छ,। सो विद्यालयका प्रधानाध्यपक हिरालाल साहाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा नेपाली काग्रेसका नेताहरु रमेश जंग रायमाझी, शेखर थापा, शिब ढकाल, राजेस गुप्ता लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षक विद्यार्थी अबिभावकहरु सरीक हुनुहुन्थ्यो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget