Websoft University

www.radiomakalu.com || 021-522512


पुर्वेली सुपर मोडलको पहिलो अडिसन विराटनगरमा सुरु

 
विराटनगर ८ माघ । किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ आयोजना गर्न लागिएको छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ को पहिलो अडिसन विराटनगरमा सुरु भएको छ ।

विराटनगरको नमस्कार होटलमा शनिबार ए–वान इन्टरटेनटमेन्टले म्याजीक मिस पूर्वेली सुपर मोडल छैठौं सस्करणको पहिलो अडिसन सुरु गरेको हो ।

छैठौ संस्करणको पहिलो अडिसन विराटनगर पछी अब आउने शुक्रबार पुर्वको विर्तामोड शनिबार बांकी रहेकालाई पुन विराटनगरमा नै दोस्रो अडिसन गरिने चेयरपर्सन निराजन लुईटेलले जानकारी दिए । प्रतियोगिताको फाईनल भने आगामी फागुन १४ गते विराटनगरमा सम्पन्न हुने उनले बताए ।



पुर्वी जिल्ल्लामा रहेका १६ देखि २५ वर्ष उमेर समूहका अविवाहित किशोरीहरुले सहभागिता जनाउन सक्ने छन् । प्रतियोगिताको बिजेताले स्कुटर , फस्ट रनरअफ र सेकेन्ड रनर अफले स्मार्ट मोबाईल प्राप्त गर्नेछन् । साथै मिस पूर्वेली सुपर मोडल विजेताले मिस नेपालमा स्वत सहभागी हुन पाउने आयोजकले दावी गरेको छ ।

साथै प्रशिक्षणमा व्यक्तित्व विकास, सामाजिक दायित्व देखि लिडरसिप भिन्न पहिचानको साथ उत्कृष्ट प्रस्तुती सम्बन्धी तालिम प्रदान गरिने कोरियोग्राफर सुम्नीमा खापुङ लिम्बुले जानकारी दिइन् । ए–वान इन्टरटेण्डमेन्टले विराटनगरमा २०१२ देखी निरन्तर रुपमा सौर्दय प्रतियोगीता गराउदै आएको छ ।








तस्वीर सौजन्य ः प्रेम देवान

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget