Websoft University

www.radiomakalu.com || 021-522512


ज्ञवाली अदालतको शरणमा



काठमाडौँ, माघ ३ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट हटाइनुभएका सुशील ज्ञवालीले आफ्नो पदावधि बाँकी रहँदै सरकारले गैरकानुनी रूपमा हटाएको दाबी गर्दै आइतबार रिट निवेदनसहित सर्वाेच्च अदालत पुग्नुभएको छ ।

उहाँको रिट निवेदन दर्ता प्रक्रियामा रहेको सर्वाेच्च अदालतले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्ले गत बुधबार ज्ञवालीलाई हटाएर डा. गोविन्दराज पोखरेललाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । ज्ञवालीले पुनःनिर्माण कार्य अघि बढाउन नसकेको र त्यसका लागि सोधिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएको निष्कर्षका साथ सरकारले हटाउने निर्णय गरेको थियो ।
ज्ञवालीलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले पाँच वर्षका लागि २०७२ पुस १० गते प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
सरकारकै कारण भूकम्पपछिको पुनःनिर्माण कार्य अघि बढ्न नसकेको आरोप लगाउँदै ज्ञवालीले तत्कालीन सरकारबाट पाँच वर्षका लागि किटान गरी नियुक्ति दिएको अवस्थामा वर्तमान सरकारले गैरकानुनी रूपमा आफूलाई हटाएको दाबी गर्नुभएको छ । सरकारको हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्नसमेत उहाँले माग गर्नुभएको छ ।
रिट निवेदन आइतबार ढिलो गरी प्राप्त भएकाले दर्ता हुन नसकेको र छलफलका क्रममा रहेको सर्वाेच्च अदालतले जनाएको छ । सोमबार रिट निवेदनलाई दर्ता वा दरपीठ के गर्ने भन्ने निर्णय लिइने जनाइएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget