नेपालको एक अस्पतालमा कार्यरत कर्मचारी तथा विरामीलाई सहयोेग गर्नकै लागि अमेरिकाबाट अवकाश प्राप्त चिकित्सक आगामी वर्ष नेपाल आउने तयारीमा छन् ।
उनले त्यसको लागि अमेरिकामै रहेर आवश्यक रकमसमेत जुटाइरहेका छन् । साथै आफ्नो कार्यकालमा प्रयोग भएका उपकरण समेत नेपालको अस्पताललाई दिने उनले योजना बनाएका छन् ।
पेड्रियाटिक सर्जनका रुपमा बोस्टनको एक क्लिनिकमा आफ्नो जीवनको अधिकांश समय विताएका ६२ वर्षीय चिकित्सक रिचार्ड वालर हाल बोस्टनस्थित ट्यालिङटनमा बस्दै आएका छन् । करिब दुई वर्ष पहिले क्लिनिकबाट अवकाश प्राप्त गरेसँगै उनले चिकित्सा सम्बन्धी कानुनी परामर्श दिँदै आएका थिए ।
उनी नेपाल आउने र धनुषाको लालगढ अस्पतालमा पुग्नेछन् र केही सहयोग गर्नेछन् । उनका अनुसार लालगढ अस्पताल विश्वकै व्यस्त अस्पताल मध्यको एक हो । जहाँ वर्षेनी हराजौं मानिसले उपचार लिने गर्छन् ।
उनलाई विरामीहरुको निःशुल्क उपचार गरिने उक्त अस्पतालमा गएर काम गर्ने सोच त्यतिबेला आयो जब उनले एउटा पत्रिकामार्फत विटि्रश चिकित्सक नेपालकै एउटा अस्पतालमा स्वयंसेवकको रुपमा पेड्रियाटीक र अल्सरको उपचारमा संलग्न रहेको जानकारी पाए ।
लगत्तै उनले पनि आफूसित रहेको ज्ञान र सीपको सही सदुपयोग गर्न सकिने सोचेर नेपाल जाने निर्णय गरे । अझ उनी पेडि्रयाटिक भएकै कारण लालगढ जाने योजना बनाए । पेड्रियाटीक भनेको चिकित्सा विज्ञानको एउटा विधा हो जसमा कुर्कुच्चा, पैतला तथा खुट्टाको बनोट तथा त्यस सम्बन्धी समस्याको उपचार गरिन्छ ।
त्यसो त रिचार्ड सात वर्ष पहिले नै नेपाल आएका थिए । उनले त्यहीबेला पहिलोपटक लालगढको कुष्ठरोग अस्पतालको भ्रमण गर्ने मौका पाएका थिए । त्यतिबेला अस्पतालमा कार्यरत चिकित्सकहरुले कुष्ठरोग उपचारका लागि चाहिने आधारभूत उपकरण प्रयोग गरेको देखेर उनी आश्चर्यचकित बनेका थिए ।
उनका अनुसार नेपालका चिकित्सकहरुले निकै राम्रो काम गरे तापनि उनीहरुले प्रयोग गर्ने उपकरण भने निकै पुरानो थियो । त्यसमध्यका केही त सन् १९३० को दशकमा नै बेलायतका अस्पतालहरुबाट विस्थापित समेत भैसकेका थिए ।
‘मैले प्रयोग गर्ने केही शल्य उपकरण, जुन मलाई आवश्यक छैन, नेपाल जाँदा ती उपकरण दिने निर्णय गरेको छु,’ उनले भने ।
‘तर नेपाल जस्तो गरीब मुलुक जहाँ सामाजिक कुरिति विद्यमान छ, त्यहाँ कुष्ठरोगीहरुलाई न त कसैले काम दिन्छ, न त उनीहरुलाई समाजले नै स्वीकारेको छ । बरु धेरै मानिसहरु कुष्ठरोगका कारण खुट्टा गुमाउन बाध्य छन् । आशा छ शल्यक्रियाले उनीहरुलाई मद्दत गर्न सक्छ, साथै अर्थोपेडिक जुत्ताले । यद्यपी त्यस्ता जुत्ता लगाउदा एक्लो परिने डरले उनीहरु उक्त जुत्ता लगाउन मान्दैनन्,’ उनले भने ।
नेपालमा जुत्ताको डिजाइन गर्ने
त्यसैले उनले नेपाल यात्राका क्रममा आफू जुत्ताको डिजाइन बनाउने प्रोजेक्टमा कार्यरत हुने बताए । जुन हेर्दा त सामान्य जुत्ता झैं देखिन्छ तर त्यसले विरामीहरुलाई भने निकै सहयोग पुर्याउँछ ।
नेपालको अस्पताललाई सहयोग गर्नकै लागि उनले यसै महिना थुर्लवीस्थित थुर्लवी मेठोडिस्ट चर्चमा कुष्ठरोगबारे बोल्ने योजना समेत बनाएका छन् ।
साथै प्लाष्टिकको हड्डी तथा शल्य उपकरणसम्बन्धी प्रदर्शनी गर्ने तयारी समेत गरेका छन् ।
त्यसो त रिचार्डले अवकाश प्राप्त गरेसँगै आफूसित भएको उपकरण बेच्ने योजना समेत बनाएका थिए । ‘तर मैले यसलाई नेपाल लग्ने निर्णय गरे जुन त्यहाँका चिकित्सकहरुको लागि निकै उपयोगी हुनसक्छ,’ उनले भने ।
उनी कुष्ठरोग भएका विरामीको लागि विशेष प्रकारको जुत्ता सम्बन्धि अनुसन्धानमुलक प्रोजेक्टमा सहयोग गर्न यही फेब्रुरीमा नेपाल आउने योजनामा छन् । साथै त्यही अवसरमा त्यहाँ कार्यरत कर्मचारी तथा विरामीहरुलाई एकमुष्ठ रकम दिनेछन् ।
त्यसको लागि रिचार्डले यही जनवरी १४ तारिकका दिन बेलुकी साढे छ बजेदेखि साढे सात बजेसम्म चर्चमा गएर लेप्रोसी अर्थात कुष्ठरोगबारे एक घण्टा बोल्ने तयारी समेत गरिसकेका छन् । निःशल्क प्रवेशको सुविधा रहेको उक्त कार्यक्रममा उनले आउने आगन्तुकबाट चन्दा संकलन हुने अपेक्षा लिएका छन् ।
रिचार्डका अनुसार कुष्ठरोग एक प्रकारको हल्का संक्रामक रोग हो जसले छालाको मुन्तिर रहेको नशाहरुमा क्षति पुर्याई छालाले केही महसुस गर्दैन । त्यो अवस्थामा कुष्ठरोगीका विरामीले न त छोएको थाहा हुन्छ, न त दुखाई महसुस हुन्छ । यतिसम्मकी उनीहरुलाई घाउ भएको, पोलेको वा हड्डी भाँचिएको पनि थाहा हुँदैन । जसले गर्दा उनीहरुमा गम्भीर समस्या उत्पन्न हुने गर्दछ ।
परिणामस्वरुप कुष्ठरोग भएकाहरुमा उनीहरुको हात तथा खुट्टा बांगिने, झर्ने समस्या हुन्छ । यस्ता रोग भएकाहरुमा अन्धोपन सामान्य समस्या पनि बढी हुन्छ किनकी कुष्ठरोग भएकाहरुले आँखाको छेउमा गिर्खा पलाएको वा समस्या भएको समेत थाहा पाउँदैनन् ।
साभार: बोस्टन स्ट्याण्डर्ड
Post a Comment