Websoft University

www.radiomakalu.com || 021-522512


एक घण्टामा खोकीबाट छुटकारा पाइन्छ, अपनाउनुस् यी साधारण तरिका


एक घण्टामा खोकीबाट छुटकारा पाइन्छ, अपनाउनुस् यी साधारण तरिका
चिसो दिनदिनै बढ्दो छ । यस्तो अवस्थामा धेरैलाई खोकीले सताउने गर्दछ । यदि हामीले घरमा नै रहेको यस्तो उपायलाई अपनाउने हो जसमा एन्टिब्याक्टेरियल र एन्टिभाइरल गुण भए यो समस्यालाई टाढा राख्न सकिन्छ ।

कागती, अदुवा र मह पानीः

एक चम्चा मह र आधा चम्चा अदुवाको पाउडरलाई एक कप मनतातो पानीमा मिसाएर पिउनुहोस् । फाइदा पुग्नेछ ।

कशिमिस र अदुवाः

आधा मुट्ठी किशमिशलाई एक चम्चा अदुवा पाउडरमा उमालेर पिउनुहोस् । आराम मिल्नेछ ।

कागती पानी र किशमिशः

एक मुट्ठी किशमिशलाई पानीमा उमाल्नुहोस् । यसमा आधा चम्चा कागती पानी मिसाएर दिनमा दुईपटक पिउनुहोस् ।

मेथीदानाः

मेथीदानालाई पानीमा उमालेर दिनमा दुई पटक पिउनुहोस् । फाइदा हुनेछ ।

कालो मरिचः

एक चम्चा महमा एक चिम्टी कालो मरिचको पाउडर हालेर चाट्नुहोस् । यस्तो दिनमा दुईपटक गर्दा रुघा खोकीको समस्या हट्छ ।

अदुवाः

एक चम्चा अदुवाको पाउडर एक कप पानीमा उमालेर पिउनुहोस् । यसले संक्रमण र भाइरसबाट बचाउँछ ।
बेसारः

बिहान– बेलुका बेसारको पाउडरलाई दुधमा मिसाएर पिउनुहोस् । यसले ब्याक्टेरिया र भाइरसबाट राहत दिन्छ ।

अंगुरः

आधा कप अंगुरको जुसमा आधा चम्चा पानी मिसाएर बिहान बेलुका पिउनुहोस् । राहत प्रदान गर्छ ।

तुलसीः

एक कप तातो पानीमा ५/६ तुलसीको पात उमाल्नुहोस् । यसलाई चिसो बनाएर दिनमा दुई तीनपटक पिउनुहोस् ।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget