Websoft University

www.radiomakalu.com || 021-522512


बढेको तलब भत्ता भूकम्प पीडितलाई दिने सांसद गुरुङको घोषणा



काठमाडौं , मंसिर ६ गते  । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले आफ्नो बढेको पारिश्रमिक भूकम्प पीडितलाई दिने घोषणा गरेका छन् ।

संसदले आइतबार मात्र सांसदहरुको तलबसुविधा बृद्धिसम्वन्धी विधेयक पास गरेको थियो । र, बढेको तलब भत्ता अनुसार सांसदले महिनामा एक लाख बढी पाउनेछन् ।

कांग्रेस संसद गुरुङले भने भूकम्पपछिको पुनर्निर्माण अघि बढ्न नसकेको र भूकम्प पीडितले राज्यबाट घोषित राहत समेत नपाएको भन्दै सांसदहरुले तलब सुविधा बृद्धि गर्नु संसदीय अभ्यास विपरित भएको बताएका छन् ।

उनले साविकको पारिश्रमिक, भत्ता एवं सुविधा बाहेक बृद्धि भएको रकम भूकम्प पीडितलाई राहतका लागि स्थापना गरिएको भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

उनले संसद सचिवालयलाई पत्र लेखेर आफ्नो बढेको तलब सिधै यो कोषमा जाने व्यवस्था गर्न समेत आग्रह गरेका छन् ।


हेर्नुहोस् सांसद धनराज गुरुङले संसद सचिवालयलाई लेखेको पत्र

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget