Websoft University

www.radiomakalu.com || 021-522512


नोट साट्नेको औंलामा मसी


दिल्ली , मंगसिर १ गते ।  भारतीय बैंकहरूमा सात दिनयता भीड थेगिनसक्नु भएपछि नोट साट्ने जतिलाई सरकारले निर्वाचनमा जस्तै औंलामा मसी लगाउने जनाएको छ । यसको जानकारी वित्त मन्त्रालयका सचिव शक्तिकान्त दासले मंगलबार पत्रकार सम्मेलनमा दिएका छन् । ‘द इन्डियन एक्सप्रेस’ ले दासलाई उद्धृत गर्दै निर्वाचनका बेला औंलामा मसी लगाउने कार्य बैंकमा पनि रकम जम्मा गर्ने र साट्नेहरूसँग गर्न सकिने जनाएको हो । ‘केही मानिस पटकपटक लाइन बस्ने गरेकाले बाँकीले रकम जम्मा गर्न र साट्न सकेका छैनन्,’ वित्त सचिवले नयाँ उपायहरूबारे जानकारी दिँदै भने, ‘त्यसैले नोट जम्मा गर्ने प्रत्येकको औंलामा मसी लगाइनेछ ।’ उनले बैंकमा रकम जम्मा गर्ने सर्वसाधारणको खातामाथि सरकारले निगरानी बढाएको समेत जनाए ।



 सर्वसाधारणले भोग्दै आएको समस्याप्रति त्यहाँको उच्च अदालतको ध्यानाकर्षण भएको छ । उसले सर्वसाधारणको कठिनाइ हटाउन तत्कालै आवश्यक कदम चाल्न सरकारलाई निर्देशन दिएको छ । उच्च अदालतले केन्द्र सरकारलाई दिएको निर्देशनमा भनिएको छ, ‘मानिसलाई भइरहेको असुविधा हटाउन सरकारले कस्तो कदम चालिरहेको छ, स्पष्ट गरोस् ।’ यता भारत सरकारले आफ्नै मुलुकमा ५०० र १००० रुपैयाँको नोटमाथि लगाएको प्रतिबन्ध फिर्ता गर्नुपर्ने भन्दै त्यहाँको उच्च अदालतमा परेको रिटबारे सुनुवाइ सुरु भएको छ । अदालतले सरकारद्वारा नोभेम्बर ८ मा गरेको निर्णय तत्काल फिर्ता लिन नसकिने मंगलबार जनाएको छ । प्रधानन्यायाधीश टीएस ठाकुरलाई उद्धृत गर्दै ‘द हिन्दू’ ले लेखेको छ, ‘आफ्नै रकम उठाउन पनि सर्वसाधारणले घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउन सरकारले के–के गरेको छ, जानकारी गराओस् ।’ कालोधनविरुद्ध ‘सर्जिकल स्ट्राइक’ गरिएको भनिए पनि यसैका कारण सामान्य मानिसले कठिनाइको सामना गर्नु उचित नभएको ठाकुरले बताए । ‘डकर्मी, सिकर्मी, दैनिक ज्यादा मजदुरी गर्ने, तरकारी बेच्नेहरू क्यासमै निर्भर छन्, सर्वसाधारणको कठिनाइ घटाउने कुनै उपाय अपनाए राम्रो हुन्छ,’ ठाकुरले महान्यायधिवक्तालाई भनेको भारतीय अखबारहरूले जनाएका छन् । उनले अदालतले सरकारी निर्णयमाथि हस्तक्षेप गर्न नचाहेको समेत बताए ।




Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget