Websoft University

www.radiomakalu.com || 021-522512


आयल निगमबाटै ३ हजार ४ सय लिटर मट्टीतेल गायब!



धनगढी, मंगसिर १ गते ।  नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीबाट करिब ३ हजार ४ सय लिटर मट्टीतेल गायव भएको छ। यति ठूलो संख्यामा गायव भएको मट्टीतेलका बारेमा भने कसैलाई जानकारी छैन । सरुवा भएर जाने कार्यालय प्रमुखले ३ हजार चार सय लिटर मट्टीतेल मौज्दात रहेको भन्दै नयाँ आएका कार्यालय प्रमुखलाई बरबुझारथ गर्दै आएका छन् । तर कागजमा देखिएको यति ठूलो परिणामको मट्टीतेल आयल निगम क्षेत्रीय कार्यालयमा भने छैन।



आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख नरेशमान डंगोलले पनि कागजमा मात्र मट्टीतेल भएको स्वीकार गरे। उनले कहिलेदेखि मट्टितेल नभएको हो त्यसको बारेमा खोजविन नै नहुने गरेको बताउँदै आफूले गायब भएको मट्टितेलको बारेमा अनुसन्धान थाल्ने बताए।

आयल निगमसँग ७ लाख ६० हजार लिटर क्षमताको मट्टीतेल राख्ने ट्यांकी छ । केही वर्षयता ट्यांकी रित्तो छ । तर कागजमा भने ३ हजार चार सय लिटर मट्टीतेल रहेको देखाईएको छ । आयल निगम क्षेत्रीय कार्यालय प्रमुख डंगोलले पाईप लाइनमा मट्टीतेल रहेको कागजमा उल्लेख भएपनि मट्टीतेल नरहेको बताए। आफू सरुवा भएर आउनुभन्दा पहिले नै मट्टीतेल नरहेको बताउदै कार्यालय प्रमुख डंगोलले मट्टीतेल गायव हुनुमा आफ्नो संलग्नता नरहेको बताए।

हालको मूल्य अनुसार आयल निगमलाई गायव भएको मट्टितेलबाट करिब २ लाख ४४ हजार ८ सय रुपैया नोक्सानी भएको छ । हाल मट्टितेलको मूल्य प्रतिलिटर ७२ रुपैया रहेको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget