Websoft University

www.radiomakalu.com || 021-522512


मानव अङ्ग प्रत्यारोपण केन्द्रमा पहिलो पटक मुटुको शल्यक्रिया



भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ ।


केन्द्रका वरिष्ठ मुटु शल्य चिकित्सक डा मोहनदेव भण्डारी, डा सम्पूर्णमान तुलाधर, डा प्रेमराज वैध, मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुर, एनेस्थेसियोलोजिष्ट डा सन्दिप भण्डारीलगायत विदेशी चिकित्सकसहितको टोलीले शल्यक्रिया गरेको थियो ।

केन्द्रले आज यहाँ आयोजना गरेको पत्रकार सम्मलेनमा यसबारे जानकारी दिँदै केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठले मुटु उपचार सेवा सुरु गरेको एक महिना नबित्दै केन्द्रले मुटुको शल्यक्रिया सफलता पूर्वक सम्पन्न गरेको बताए।

मुटु सेवा सुरु गरेका अस्पतालमध्ये भक्तपुरमा पहिलो र नेपालका सरकारी अस्पतालमध्ये मुटुको शल्यक्रिया गर्ने चाैथो अस्पतालका रुपमा केन्द्र स्थापित भएको बताउँदै उनले अब मुटुको भल्बदेखि मुटु तथा कलेजोको प्रत्यारोपण समेत गर्ने लक्ष्य लिएको जानकारी दिए।

केन्द्रले गत बिहीबार सङ्खुवासभा चैनपुर गाविसकी ५९ वर्षीया राधादेवी श्रेष्ठको मुटुको रक्तनलीको वाइपास शल्यक्रिया सम्पन्न गरेको छ ।

पत्रकार सम्मेलनमा बिरामी श्रेष्ठले विगत सात वर्षदेखि मुटुको रोगले समस्या पारेको र पटकपटक गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारीमा जाँदा हुन नसकेको शल्यक्रिया यहाँ भएको बताए।

उनले भने, ‘गङ्गालाल अस्पतालमा धेरैपटक गएँ, तीनपटक त एनजिओग्राम नै गराएँ, डाक्टरले तपाइँजस्ता दुई÷चारजना बिरामी भेला पारेपछि भारतबाट डाक्टर बोलाएर शल्यक्रिया गरौँला भनेर कुराए, तर यहाँ आउनेवित्तिकै शल्यक्रिया भयो, मलाई यो अस्पतालले जीवनदान नै दियो ।’

केन्द्रमा हाल कार्डियोलोजीतर्फ इसिजी, इकोकाडियोग्राफी, हल्टर, टीएमटीको साथै नेपालमा दुर्लभ मानिने विभिन्न स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ । त्यसैगरी मुटु शल्यचिकित्सातर्फ कोरोनरी वाइपास, मुटुको भल्व फेर्ने, मुटुको प्वाल टाल्ने, रक्त नली फुलेको, जन्मजात मुटुको रोगलगायतको मुटु रोगका सेवा सञ्चालनमा ल्याइएको छ ।

केही समयपछि यस केन्द्रमा अत्याधुनिक क्याथल्याब सेवा समेत सञ्चालन गर्न तयारी गरिरहेको बताउँदै प्रमुख डा श्रेष्ठले मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मुटुको सम्पूर्ण उपचार तथा अनुसन्धान उपलब्ध गराउने बताए ।

उनले केन्द्रले मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपण तथा कलेजोको समेत प्रत्यारोपण गर्ने तयारी गरेको बताउँदै हाल केन्द्रमा वार्षिक रुपमा सयभन्दा बढीको मृर्गौला प्रत्यारोपण र साताको ४०० जना मृर्गौला बिरामीको डाइलाइसिस तथा पेट र कलेजोको सम्पूर्ण उपचार अत्याधुनिक प्रविधिबाट गरिँदै आएको जानकारी दिए।

केन्द्रमा हाल रहेको दुईवटा शल्यक्रिया थिएटरबाट मृर्गौला र मुटुको शल्यक्रिया भइरहेको छ भने केही साताभित्रै अर्को अत्याधुनिक दुईवटा शल्यक्रिया कक्ष (अपरेशन थिएटर) सञ्चालनमा ल्याउने तयारी भइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget