Websoft University

www.radiomakalu.com || 021-522512


सहमति जुटाउने जिम्मा प्रधानमन्त्रीलाई

prachand 2

काठमाडौँ, मङ्सिर ६ गते । नेकपा (माओवादी केन्द्र)ले संविधान संशोधनको विषयमा प्रमुख दलसँग सहमति जुटाउनका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई नै जिम्मा दिएको छ । पार्टी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले असन्तुष्ट पक्षको माग सम्बोधन गरी संविधानको सर्वस्वीकार्यता बढाउने विषयमा आवश्यक पहल गर्न प्रधानमन्त्रीलाई नै जिम्मा दिइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको आन्तरिक सङ्गठनात्मक संरचना र संविधान संशोधनका विषयमा केन्द्रित रहेर छलफल भएको र आज बस्ने प्रमुख दलको शीर्ष बैठकमा आवश्यक निर्णय गर्नसमेत प्रधानमन्त्रीलाई नै जिम्मेवारी दिइएको प्रवक्ता भुसालको भनाइ छ ।साथै पार्टीको आन्तरिक सङ्गठनलगायतका विषयमा आवश्यक निर्णय लिन यही मङ्सिर ११ गते पार्टीको पोलिटब्युरो बैठकको आयोजना गरिने भएको छ ।

बैठकमा मधेस केन्द्रित दललाई सहमतिमा ल्याउन भइरहेको पहल, प्रमुख तीन राजनीतिक दलको बीचमा भइरहेको छलफल तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा नेताहरुले सामान्य धारणा राख्नुभएको थियो ।

नेताहरुको धारणा सुनेपछि प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष दाहालले आज साँझ प्रमुख तीन दलको शीर्ष नेताको बैठक बस्ने र संविधान संशोधनलगायतका विषयमा छलफल हुने जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री दाहालले आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाउनुभएको छ । मधेस केन्द्रित दलले संविधान संशोधनलगायतका विषयलाई अगाडि बढाउन १५ दिनको समयसीमा दिएको सन्दर्भमा आजको बैठक महत्वपूर्ण हुने बताइएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget