Websoft University

www.radiomakalu.com || 021-522512


थाहा पाउनुस्, जाडो महिनामा घाममा बसेर बदाम खानुका फाइदा

peanuts

बदाम जाडो महिनाको सबैभन्दा लोकप्रिय ‘टाइमपास’ हो । चिसो मौसममा साथीहरुसँग समूहमा बसेर बदाम खानुको मज्जा नै बेग्लै । आजकाल बजारमा चारैतिर बदाम देख्न पाइन्छ । बदामलाई सस्तो काजु र गरिबको ‘एल्मोन्ड’ पनि भनिन्छ । यो स्वादिलो हुनुका साथै यसका थुप्रै लाभ पनि छन् । बदामलाई थुप्रै तरिकाले उपयोग गर्न सकिन्छ । यसको तेल पनि स्वास्द र स्वास्थ्यको लागि निकै प्रचलित छ ।

बजारमा निकै सजिलै पाइने बदाममा भिटामिन, मिनरल्स, न्यूट्रियन्ट्स र एन्टिअक्सिडेन्ट हुन्छ जसले शरिरलाई स्वस्थ राख्नुका साथै तपाईंलाई सधैं ऊर्जावान् बनाउँछ । यसमा भिटामिन बी कम्प्लेक्स, नियाचिन, रिबोफ्लेविन, थियामिन, भिटामिन बीसिक्स, भिटामिन बिनाइन र पेन्टोथेनिक एसिड पाइन्छ जसले तपाईंको स्वास्थ्यलाई निकै लाभ पुर्याउँछ ।

बदाममा मोनो इन्स्याचुरेटेड फ्याटी एसिड पाइन्छ जसले एलडीएल वा खराब कोलेस्ट्रोललाई कम गरेर राम्रो कोलेस्ट्रोललाई बढाउँछ ।

यसमा प्रोटिन, चिल्लो पदार्थ र ग्लूकोज पाइन्छ । एउटा अण्डा मूल्य बराबरको बदाममा जति प्रोटिन हुन्छ, त्यो दुध र अण्डाको संयुक्त रुपमा पनि हुँदैन । यसको प्राटिन दुधसँग मिल्दो जुल्दो छ । चिल्लो पदार्थ घ्यूसँग पाइन्छ । बदाम खाँदा दूध, बदाम घ्यूको पूर्ति हुन्छ ।

एक अनुसन्धानका अनुसार जो व्यक्तिको रगतमा ट्राइग्लाइसेराइडको मात्रा अत्यधिक हुन्छ, त्यस्ता व्यक्तिले यदि बदाम खाए उनीहरुको रगतको लिपिड लेवलमा ट्राइग्लाइसेराइडको मात्रा १०.२ प्रतिशत कम हुन्छ ।

यदि तपाईं जाडो मौसममा बदाम खानुहुन्छ भने तपाईंको शरिर तातो हुन्छ । यो खोकी लाग्दा उपयोगी हुन्छ र फोक्सोलाई बलियो बनाउँछ । प्रतिदिन खाना पछि ५० देखि १०० ग्राम बदाम खाँदा तपाईंको स्वास्थ्य रामो बन्छ, खानालाई पचाउँछ, शरिरमा रगतको कमीलाई पूरा गराउँछ र मोटोपना बढाउँछ ।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget