Websoft University

www.radiomakalu.com || 021-522512


हलवाइको शव नेपाल ल्याउन निर्देशन




काठमाडौँ, कात्तिक ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिनाअघि साउदी अरबको दम्माममा निधन हुनुभएका नेपालगन्ज– ४ बाँकेका मोहमद अकबर हलवाइको शव तुरुन्त स्वदेश ल्याउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीले सोमबार परराष्ट्र मन्त्रालय मार्फत साउदी अरबका लागि नेपाली दूतावासलाई निर्देशन दिनुभएको प्रधानमन्त्री दाहालका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । प्रधानमन्त्रीले परराष्ट्र सचिव शङ्करदास वैरागीलाई हलवाइको शव तुरुन्त नेपाल ल्याउन निर्देशन दिनुभएको र सोही आधारमा प्रक्रिया अगाडि बढेको मन्त्रालयले आज जनाएको छ ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै सचिव वैरागीले साउदी अरबका लागि नेपाली कावा राजदूत आनन्द शर्मालाई प्रधानमन्त्रीको निर्देशन अवगत गराउनुभएको थियो । कावा राजदूत शर्माले हलवाइको शव स्वदेश ल्याउने व्यवस्था गर्न दूतावासले आवश्यक पहल गरिसकेको र प्रक्रिया मिलाएर तीन दिनभित्रै शव नेपाल आउने विश्वास दिलाउनुभएको मन्त्रालयले जनाएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget