Websoft University

www.radiomakalu.com || 021-522512


लोकगायिका कोमल वली राप्रपामा प्रवेश

Komal Oli (4)

काठमाडौं,मंसिर ६ गते । लोक गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी छन् । राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर पार्टीमा स्वागत गरे ।

आफ्नो सम्बोधनको अन्त्यमा थापाले म त्यसै छोड्नेवाला छैन भन्दै आफूसँग खुसीको कुरा रहेको बताए । लगत्तै उनले लोक गायिका, सञ्चारकर्मी वलीलाई पार्टीमा स्वागत गरेको भन्दै फूलमाला लगाइदिए । थापाले फूलमाला लगाइदिएपछि राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणा लगायतले पनि कोमल वलीलाई माला लगाइदिएका थिए ।

जन्म घर दाङ घर भएकी वली हाल रेडियो नेपालमा जागिरे छिन् । उनले राजनीति नामक फिल्ममा पनि अभिनय गरेकी छन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget