Websoft University

www.radiomakalu.com || 021-522512


भोजपुरका अग्नि पीडितलाई कांग्रेस नेता कार्कीको एक लाख सहयोग



भोजपुर,मंसिर १० गते । पूर्वजलस्रोत मन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुर बजारका अग्नि पीडितलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

कार्कीले जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत सहयोग रकम उपलब्ध गराएका हुन् । उनले जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवम् भोजपुरका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मालाई सहयोग रकम हस्तान्तरण गरे ।

सो अवसरमा नेता कार्कीले आगलागीबाट घरबार गुमाएकालाई आत्मनिर्भर बनाउने काममा सहयोग गर्ने घोषणा पनि गरे ।

यही मंसिर ५ गते भोजपुरमा सदरमुकाममा आगलागी हुँदा ८ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका थिए भने एउटा घरमा आंशिक क्षति भएको थियो । आगलागीबाट १० करोड मूल्य बराबरको क्षति भएको अनुमान छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget