Websoft University

www.radiomakalu.com || 021-522512


पूर्वराजा ज्ञानेन्द्र शाह सिंगापुरबाट एक्कासि चीनमा, उच्चस्तरीय भेटघाटमा व्यस्त



काठमाडौं, मंगसिर १ गते । धेरैको अनुमान विपरीत पूर्वराजा ज्ञानेन्द्र शाह चीनमा पुगेको खुलासा भएको छ । लोकान्तरको सम्पर्कमा आएको शाहनिकट एक विश्वसनीय स्रोतले उनी सिंगापुरबाट चीन पुगेको जानकारी दिएको छ ।
पुर्व राजा ज्ञानेन्द्र शाह

शाह दुई दिनअघि चीन पुगेका हुन् । उनी ६ दिनअघि सिंगापुर गएका थिए । त्यहाँ चार दिन बसेर उनी चीन पुगेको र हिजो चीनमा उच्चस्तरीय भेटघाट गरेको स्रोतको दाबी छ ।

चीनमा उनी कति दिन रहनेछन् भन्ने जानकारी दिन स्रोतले चाहेन । यद्यपि पूर्वराजाले चीनमा महत्वपूर्ण भेटघाट गरिरहेको स्रोतको दाबी छ । चीनबाट उनी अन्य कुनै मुलुक जानेछन् वा नेपाल फिर्ता हुनेछन् भन्नेबारे पनि स्रोतले खुलाउन चाहेन ।

सिंगापुर जानुअघि शाहनिकट स्रोतहरुले पूर्वराजा सिंगापुर बसाइपछि भारत जाने सूचना सञ्चार माध्यमलाई दिएका थिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget