Websoft University

www.radiomakalu.com || 021-522512


मरेपछि पुनः जिवित हुनेछिन् १४ वर्षकी यी किशोरी


scan-body
उखानै छ, मरेपछि बाँचिन्न । एकचोटी मरियो त मरिहालियो । मरिसकेको मान्छे पुनर्जिवित भएर फर्किन्न । तर अब मरेपछि बाँचिन्न भन्ने यो सत्य समेत झुटो सावित हुँदैछ ।

बेलायतकी एक १४ वर्षीया किशोरी दुर्लभ तथा असाध्य क्यान्सर रोगबाट पीडित थिइन् र सोही कारण उनको मृत्यु निश्चित थियो । यसका बाबजुत उनको अन्तिम इच्छा चाहीँ निकै अनौठो थियो । उनी मरिसकेपछि पनि पुनः जिउन चाहन्थिन् ।

आफ्नो त्यो अन्तिम इच्छालाई पूरा गर्नका लागि उनलाई कानूनी इजाजत लिन अदालतको ढोका ढकढकाउनुपर्यो । उनको त्यो इच्छामा अदालतले पनि साथ दियो र दुनियामा अहिलेसम्म कहीँ नभएको पहिलो घटना हुने निश्चित भयो । ती किशोरीले मर्नुभन्दा पहिले प्रष्ट रुपमा भनेकी थिइन् की आफ्नो मृत्युपछि आफ्नो शरीरलाई के के गरियोस् भन्ने ।

आफ्नो लासलाई गाड्नुको साटो बरफमा राख्नुपर्ने उनको माग थियो । यसो गर्दा जब कुनैदिन उसको क्यान्सरको उपचार हुनेछ, तब उनी पुनर्जिवित भएर सामान्य जिवन जिउन सक्नेछिन् भन्ने उनको इच्छा थियो । उनको हालै मृत्यु भएको छ । मर्नुअघि उनले बेलायतका एक न्यायाधीशलाई लेखेको चिठीमा भनेकी छिन्ः म जिउन चाहन्छु, लामो समयसम्म जिउन चाहन्छु । मलाई विश्वास छ की शायद भविष्यमा एक दिन डाक्टरहरुले मेरो क्यान्सरको उपचार पत्ता लगाउनेछन् । त्यसदिन उनीहरुले मलाई जगाउन सक्नेछन्, ता की म फेरि जिउँदो हुन सकूँ ।

आफ्नो सरीर क्रायोप्रिजर्भेसन प्रविधिको प्रयोग गरी सुरक्षित राखियोस् भन्ने उनको चाहना थियो । यसो गर्दा उनको निरन्तर उपचार गरिरहन सम्भव हुन्छ । यसो गर्दा सयौँ वर्षपछि पनि आफुलाई बाँच्ने मौका मिल्न सक्ने उनको आशा छ । उनको यस्तो आशा तथा विन्तीलाई बेलायतको हाइ कोर्टले सदर गरिदियो ।

ती किशोरीले ४६ हजार डलर खर्च लाग्ने आधारभूत विकल्प चुनेकी न्यायाधीशले बताएका छन् । यसका लागि उनले धेरै अनुसन्धान पनि गरे । क्रायोनिक्स यस्तो प्रविधि हो जहाँ असाध्य रोगहरुबाट मर्ने मानिसहरुको शवलार्ई डीप फ्रिज गरेर राखिन्छ । जब भविष्यमा त्यो रोगको उपचार पत्ता लाग्छ तब रोगबाट मरेका मानिसको उपचार गरी पुनः बँचाउन सकिन्छ भन्ने आशा यसमा गरिएको हुन्छ ।

मानिसको मृत्यु भएको २ मिनेटदेखि लिएर बढिमा १५ मिनेटभित्रमा यो प्रक्रिया सुरु गर्नुपर्छ । शरीरमा रगत जम्न रोक्नका लागि लासभित्र विशेष रसायन भरिन्छ । ती रसायनलाई सुख्खा बर्फमा प्याक गरिएको हुन्छ । पानी जम्ने तापक्रम भन्दा केही बढिमात्र तापक्रममा लासलाई राखिन्छ । अंगरुलाई सुरक्षित राख्नका लागि पनि रसायनको प्रयोग गरिन्छ । रसायनका कारण अंगहरुको भित्र क्रिस्टल बन्न पाउँदैन । त्यसपछि माइनस १३० डिग्री सेल्सियस तापक्रममा शवलाई राखिन्छ । त्यसपछि शवलाई एक कन्टेनरमा राखेर लिक्विड नाइट्रोजनको ट्यांकभित्र हालिन्छ । त्यहाँ माइनस १९६ डिग्री सेल्सियस तापक्रममा लास राखिएको हुन्छ ।

मरेपछि पुनः बाँच्ने इच्छा राखेकी बेलायती किशोरीको शवलाई पनि यसैगरी सुरक्षित राखिएको छ । ता की उनको उपचार भविष्यमा हुनसकोस् र उनी पुनः ज्यूँदो हुन सकून् ।-एजेन्सीको सहयोगमा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget