मेर बढेसँगै महिलामा थुप्रै प्रकारको हर्मोन परिवर्तन हुने गर्दछ । यस्तो अवस्थामा महिलालाई कमजोरी, प्रजननमा कमी र रगतको कमीजस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ । यी समस्यालाई टाढा राख्नका लागि महिलाको खानामा भिटामिन र मिनरल्सयुक्त खानेकुरा समावेश गर्नुपर्छ ।
दूधः
महिलाहरुले नियमित रुपमा दिनमा एक ग्लास दुध पिउन आवश्यक छ । दूधमा पर्याप्त मात्रामा प्रोटिन र क्याल्सियम हुने भएकाले यसले हड्डी र छालालाई स्वस्थ राख्नमा मद्दत गर्दछ ।
ब्राउन राइसः
महिलाले आफ्नो डाइटमा सेतो चामलको सट्टा ब्राउन राइस समावेश गर्नुहोस् । यसले शरिरलाई पर्याप्त मात्रामा ऊर्जा प्रदान गर्दछ जसले कमजोरी हट्न सहयोग गर्छ ।
आलूः
आलूमा कार्बोहाइड्रेट, भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ । जसले शरिरलाई भरपूर ऊर्जा प्रदान गर्दछ । यसले महिलालाई हुने कमजोरी हटाउन सहयोग गर्छ ।
महः
महले शरिरलाई पर्याप्त मात्रामा ऊर्जा दिन्छ । यसलाई नियमित आफ्नो खानामा संलग्न गर्दा महिलाको कमजोरी टाढा हुन्छ । यसले छालालाई पनि स्वस्थ राख्न मद्दत गर्छ ।
स्याउः
स्याउ आइरन र फाइबरको निकै राम्रो स्रोत मानिन्छ । यसलाई नियमित खानामा समावेश गर्दा रक्तअल्पत्ताको समस्या टाढा रहन्छ ।
केराः
केरामा पर्याप्त मात्रामा आइरन र कार्बोहाइड्रेट हुन्छ जसले शरिरलाई ऊर्जा प्रदान गर्न सहयोग गर्दछ । महिलाले नियमित दुईवटा केरालाई आफ्नो खानामा संलग्न गराए यसले प्रजनन बढाउन सहयोग गर्दछ भने कमजोरी पनि हटाउँछ ।
ओखरः
ओखरमा पाइने आइरन, क्याल्सियम, जिंक र एन्टिअक्सिडेन्टले शरिरको विभिन्न भागलाई स्वस्थ राख्न सहयोग गर्छ । यसले महिलालाई रक्तअल्पत्ताको समस्या हटाउँछ ।
एल्मोन्ड (बदाम):
सुत्नुभन्दा अघि एल्मोन्ड (बदाम) लाई पानीमा भिजाउनुहोस् । बिहान यसलाई खाली पेटमा खानुहोस् । यसले महिलाको प्रजनन बढाउँछ भने कमजोरी हटाउँछ ।
अण्डाः
अण्डा प्रोटिनको निकै राम्रो स्रोत हो । नियमित ब्रेकफास्टमा दुईवटा अण्डा समावेश गर्नुहोस् । यसले महिलाको प्रजनन बढाउन मद्दत गर्दछ र कमजोरी हटाउँछ ।
हरियो सागसब्जीः
आफ्नो खानामा हरियो सागसब्जी जस्तै पालुङ्गो, मेथी, बन्दालाई समावेश गर्नुहोस् । यसमा भिटामिन र मिनरल्स भरपूर मात्रामा पाइन्छ जसले महिलाको रक्तअल्पत्ताको समस्या हटाउँछ भने छालालाई स्वस्थ राख्दछ ।-एजेन्सी
Post a Comment