Websoft University

www.radiomakalu.com || 021-522512


आगलागीले जोखिममा भोजपुर सदरमुकाम



भोजपुर मङ्सिर ८ गते । लमतन्न डाँडामा अवस्थित भोजपुर सदरमुकाम यतिबेला जोखिममा परेको महसुस भएको छ । घरहरु ध्वस्त भएका, चिरिएका, बाङ्गिएका, ढल्किएका अनि पुराना र छियाछिया भएका छन् । अधिकांश कच्ची घर भएको भोजपुर सदरमुकाम भूकम्पले थिलथिलो र आगलागीले ध्वस्त भएपछि सदरमुकाम नै जोखिममा परेको हो ।

उत्तरमा पानीट्याङ्की, दक्षिणमा विद्योदय मावि, पूर्वमा पोखरे र पश्चिममा कोदार र देउरालीबाट सुरु हुने भोजपुर सदरमुकाम डाँडामा लमतन्न रहेको छ । थोरै मात्रामा घर ध्वस्त भए पनि अधिकांश घर बस्न नमिल्ने छन् । बजारको मुख्य ठाउँमै पर्ने भोटेपसलमै आगलागीले घर ध्वस्त भएपछि बजार नै कुरुप देखिएको छ ।

भोजपुरबजार चर्चित र पुरानो भएपनि यहाँ औँलामा गन्न सकिने सीमित घर मात्र पक्की बनेका छन् । सदरमुकाममा कच्ची र पुराना घरको बाहुल्यता हुँदा धेरै मात्रामा क्षति पुगेको हो ।

वरिपरि र चारैतिर रहेका घर आगलागी हुँदा सदरमुकाम दिनानुदिन जोखिममा पर्दै जान थालेको छ । दुईतिर घर हुँदा साँघुरो बाटो रहेको भोजपुरमा हिँड्डुल गर्नमा नै समस्या हुन थालेको छ ।

यही ठाउँ हुँदै दिनहुँ बटुवा तथा सयौँ विद्यार्थी ओहोरदोहोर गर्ने गर्दछन् । जिल्ला दैविप्रकोप उद्धार समितिको तथ्याङ्कमा आइतबार भएको भीषण आगलागीबाट आठ घर जलेर नष्ट भएको छ भने पाँच घरमा आंशिक क्षति पुगेको छ ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget