Websoft University

www.radiomakalu.com || 021-522512


पर्याप्त सुत्नुहुन्न ? खबरदार, मृगौला खराब होला


sleep-distrub
यदि तपाइँ दिनहुँ आवश्यकता भन्दा कम मात्र निद्रा लिनुहुन्छ भने सचेत हुनुहोस् । अपर्याप्त निद्राले अन्य विभिन्न खाले मानसिक तथा शारीरिक स्वास्थ्य समस्या त ल्याउँछ नै यसले तपाइँको मृगौला पनि खराब गरिदिन्छ ।

पछिल्लोपटक गरिएको एक नयाँ अध्ययनले अपर्याप्त निद्राले मानिसको मृगौलामा नकारात्मक असर पार्ने देखाएको हो ।
निद्रा कम आउनु वा राम्रोसँग ननिदाउने कारणले मृगौलामा असर पर्ने र मृगौलाले राम्रोसँग काम नगर्ने विज्ञहरुको भनाई छ ।
अमेरिकाको शिकागोस्थित इलिनोइस विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो तथ्य पत्ता लगाएका हुन् ।

शोधकर्तामध्येकी एक अन्ना रिकाड्रेका अनुसार कम तथा अधूरो निद्राले क्रोनिक किड्नी डिजिज अर्थात् सिकेडीको खतरा बढाउँछ ।

उनका अनुसार निद्रा र मृगौलाको कार्यप्रणालीबीच गहिरो सम्बन्ध रहेको हुन्छ । सिकेडी भएका रोगीहरुमा सुताइको आनिवानी सुधार्नका लागि स्वास्थ्य परीक्षण आवश्यक हुने तथ्य प्रकाशमा आएको उनको भनाई छ ।

यद्यपि धेरैजसो मृगौला रोगीमा निद्रासँग सम्बन्धित विकृतिहरु हुनु सामान्य कुरा हो । मृगौला रोग र निद्राको समस्याबीचमा कसरी सम्बन्ध रहन गयो भन्ने कुरा चाहीँ खोजिको विषय रहेको शोधकर्ता बताउँछन् ।

शोधकर्ताहरुका अनुसार रातमा एक घण्टा थप सुत्नाले मृगौला फेल हुने जोखिमलाई १९ प्रतिशत सम्म घटाउन सकिन्छ ।-एजेन्सीको सहयोगमा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget