Websoft University

www.radiomakalu.com || 021-522512


महिला एसिया कप खेल्न नेपाली टोली बैंकक प्रस्थान, प्रशिक्षकमा बस्न्यात

womens-cricket-bidai

महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली थाइल्याण्ड प्रस्थान गरेको छ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली बुधबार बैंकक प्रस्थान गरेको हो ।

नेपाली टोलीको प्रशिक्षकमा राजु बस्न्यात छन् । उनकै प्रशिक्षकमा बन्द प्रशिक्षण भएको थियो । तर, नेपालको टोली घोषणा गर्दा उनको नाम छुटेको थियो ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बिदाई गरे । उनले टोलीलाई जितको शुभकामनासहित राष्ट्रिय झण्डा प्रदान गरे ।

आगामी शनिबारदेखि थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालले टेष्ट मान्यताप्राप्त एशियाली टोलीहरुसाग प्रतिस्पर्धा गर्नेछ । नेपालले शनिबार पाकिस्तानसागको खेलसागै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले आगामी सोमबार श्रीलंका, मंगलबार बंगलादेश, बिहीबार थाइल्याण्ड र शुक्रबार साविक बिजेता भारतसाग प्रतिस्पर्धा गर्नेछ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget