Websoft University

www.radiomakalu.com || 021-522512


तरुण दलमा नेतृत्वको टुङ्गो लाग्यो



पोखरा, मंसिर १ गते। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षको टुङ्गो लगाएको छ ।



नेताहरुबीच सहमतिका आधारमा अध्यक्षमा पार्टी सभापति शेरबहादुर देउवा निकट जितजंग बस्नेत र उपाध्यक्षमा कृष्ण सिटौला निकट उत्तमकुमार चापागाईं चयन भएका छन् ।

यस्तै महासचिवमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा बालकृष्ण खाँड निकट विद्वान गुरूङ छन् । गुरुङ नेता खुमबहादुर खड्का गुट समेतबाट कोषाध्यक्षमा चयन भएको चर्चा छ ।

नवनिर्वाचित अध्यक्ष जितजंग बस्नेतले आफूले तरुण दललाई सशक्त रुपमा नयां ढंगबाट अगाडी बडाउने प्रतिबद्धता व्यक्त गरे ।

पार्टीद्वारा गठित निर्देशक समितिले आजै पत्रकार सम्मेलन गरी नयाँ नेतृत्वको पदाधिकारी घोषणा गर्ने निर्णय गरेको बताइएको छ ।

नेपाल तरूण दलको संशोधित विधान अनुसार बाँकी पदाधिकारीको टुंगो भने काठमाडौं आएपछि सार्वजनिक गरिने भएको छ ।

उद्घाटन र बन्दसत्र भए पनि निर्वाचन प्रकियामा नेताहरु जान असमहत भएसँगै विवाद बढेको थियो ।

अहिलेसम्म ६१ सदस्यीय रहेको कार्यसमिति अब भने समावेशी प्रतिनिधित्वको आधारमा ९५ सदस्यीय बनाइएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget