काठमाडौं,मंसिर १० गते । सरकारसँग तीब्र मतभेद बढिरहेका बेला प्रमुख विपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक आज साँझ बस्ने भएको छ । सरकारले संविधान संसोधन प्रस्ताव अघि बढाएपछि के गर्ने भन्ने रणनीति तय गर्न बैठक बस्न लागेको हो ।
अध्यक्ष ओलीको निवास बालकोटमा साँझ पाँच बजे बस्ने बैठकले संविधान संसोधन विरुद्ध कानुनी लडाई लड्ने उपाय समेत खोज्ने स्थायी कमिटी सदस्य किरण गुरुङले बताए ।
एमालेले संविधान संसोधन विरुद्ध राजनीतिक र कानुनी लडाई सँगै लैजाने उनले बताए ।-अनलाइनखबर
Post a Comment