Websoft University

www.radiomakalu.com || 021-522512


याया टुरेको पुनरागमनमा सिटी विजयी, लिभरपुल र आर्सनल रोकियो



म्यान्चेस्टर – लामो समय प्रशिक्षक पेप ग्वार्डिओलासँगको विवादको कारण ओझेलमा परेका याया टुरेले यस सिजन आफ्नो पहिलो खेलमा नै दुई गोल गरेपछि म्यान्चेस्टर सिटीले क्रिस्टल प्यालेसलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

३३ वर्षीय आइभोरियन खेलाडी प्रशिक्षक ग्वार्डिओलासँग गत अगस्तमा भएको विवादको कारण टोलीमा समावेश थिएनन् ।


ग्वार्डिओलाले टुरे र उनका एजेन्ट दिमित्री सेलुकले माफी नमागेसम्म उनलाई टोलीमा समावेश नगराउने बताएका थिए । विवादपछि टुरेलाई च्याम्पियन्स लिगको टोलीमा समेत समावेश गरिएको थिएन ।

सेलुकले माफी नमागे पनि टुरेले नोभेम्बरको शुरुवातमा वक्तव्य जारी गर्दै पेपसँग माफी मागेका थिए । त्यसपछि टुरेलाई टोलीमा समावेश गरिएको थियो ।

टुरेले खेलको ३९ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । तर, खेलको दोस्रो हाफमा विलफ्रेड जाहाको पासमा कोनर विकीहामले खेल बराबरीमा ल्याए । खेलको ८३ औं मिनेटमा टुरेले दोस्रो गोल गर्दै सिटीलाई महत्वपूर्ण तीन अंक दिलाए ।

अर्को म्यान्चेस्टर क्लब युनाइटेड भने आर्सनलसँग बराबरीमा रोकिएको छ ।


हुवान माटाले युनाइटेडलाई अग्रता दिलाए पनि खेलको अन्त्यतिर अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेका ओलिभर जिरुले गोल गर्दै युनाइटेडलाई अंक बाँड्न बाध्य बनाए ।

उता, शीर्ष स्थानमा रहेको लिभरपुल भने घरेलु मैदानबाहिर साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको ।

उता, टोटनहमले भने लिगमा अपराजित यात्रा कायम राख्दै वेस्ट ह्यामलाई पराजित गरेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै टोटनहम विजयी भएको हो ।


खेलको अन्त्यतिर ह्यारी केनले दुई गोल गरेपछि टोटनहमले ३–२ को नाटकीय जीत हासिल गर्यो ।- रातोपाटी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget