काठमाडौँ , मंगसिर १ गते । ‘ एएफसी सोलिडारिटी कप फुटबलको उपाधि विजेता नेपाली टोली आज(बुधबार) स्वदेश फर्किदैंछ ।
टोली आज बेलुकी साँढे ८ बजे काठमाडौं आईपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
मलेसियाको कुचिङमा मंगलबार सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले मकाउलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो । नेपाललाई ऐतिहासिक जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे ।
यो जितसँगै नेपालले इतिहास रचेको छ । सन् १९५४ मा एएफसीको सदस्यता लिएपछि अहिलेसम्म एसियालीस्तरको कुनै पनि औपचारिक प्रतियोगिता नजितेको नेपालले ६२ वर्षपछि यो सफलता हासिल गरेको हो ।
यसैबीच, सरकारले एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीका सदस्यहरुलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले विजयी खेलाडीलाई पुरस्कार स्वरुप तीन लाख नगदसहित सम्मान गर्ने घोषणा गरेका थिए ।
Post a Comment