Websoft University

www.radiomakalu.com || 021-522512


रौतहटमा अज्ञात समूह र प्रहरीबीच भिडन्त, १ हतियारधारीको मृत्यु


काठमाडौं , कार्तिक २९ गते । रौतहटको लालबकैया–८ देवही बाँधमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान भएको छ । हतियारसहित नेपाल आएको अज्ञात समूहलाई नियन्त्रण गर्न खटिएको प्रहरी टोलीमाथी अज्ञात समुहले गोली चलाए पछि दोहोरो भिडन्त भएको थियो ।
दोहोरो भिडन्तमा एक जनाको मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी हेमन्त मल्लले बताए । प्रवक्ता मल्लका अनुसार बिहान ६ बजेतिर हतियारधारी समूह सिमा क्षेत्रबाट नेपाल आएको खबर पाएपछि मध्यमाञ्चल क्षेत्रीय कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो ।
दोहोरो भिडन्तमा भारत पूर्वी चम्पारन ढाका जिल्ला कोरैया ग्रामपञ्चायत नौखान टोलका करिव ४४ वर्षीय तेजीलाल साहको मृत्यु भएको डीआईजी मल्लले बताए ।
उनले बाह्रखरीसँग भने, “हतियारसहित नेपाल प्रवेश गरेको टोलीलाई नियन्त्रण गर्न खटिएको प्रहरी टोलीमाथी गोली चलाउन खोजेपछि प्रहरीको जवाफी कारवाहीमा एक जनाको मृत्यु भयो, दुई जना हतियार छाडेर भागेका छन्,उनीहरुको खोजी भइरहेको छ ।”
प्रहरीले घटनास्थलबाट एक थान इन्सास राईफल, त्यसमा लाग्ने १५ राउण्ड गोली र २ ओटा पेस्तोल बरामद गरेको डीआईजी मल्लले बताए । दोहोरो भिडन्तामा प्रहरी जवान सुरेन्द्र चौधरी पनि घाइते भएका छन् । प्रहरीले घटनास्थल क्षेत्रलाई घेरा हाली सर्च थालेको र घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता मल्लले बताए ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget