Websoft University

www.radiomakalu.com || 021-522512


हृदयाघातको डर छ ? दिनहुँ एउटा अण्डा खानुस्


heart
दिनमा एउटा अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक भएको एउटा नयाँ अध्ययनले पत्ता लगाएको छ । करिब तीन लाख मानिसमा गरिएको अध्ययनले प्रत्येक दिन एउटा अण्डा खाएमा हृदयाघातको जोखिम न्यून गर्ने जनाएको छ ।

हृदयाघातको जोखिम कम गरे पनि यसले मुटु रोगको जोखिम भने नघटाउने अध्ययनमा उल्लेख गरिएको छ ।

अण्डाले मानव स्वास्थ्यमा पार्ने असरको बारेमा अनुसन्धानकर्ताहरुले वर्षौंदेखि विवाद गर्दै आएका थिए । उनीहरुले अण्डामा कोलेस्ट्रोलको मात्रा बढी हुने भएकोले दिनहुँ अण्डाको सेवनले रगतमा कोलेस्ट्रोलको मात्रा बढ्न गई मुटुको समस्या निम्त्याउने अनुमान गरेका थिए ।

तर, नयाँ अध्ययनले कलेजोले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउने भएकोले खानेकुरामा पाइने कोलेस्ट्रोलले स्वास्थ्यमा नगन्य मात्रामा हानि पुर्याउने देखाएको छ ।

अनुसन्धानकर्ताहरुले अण्डाको सेवन र यसले मुटुमा पार्ने प्रभावबारे विश्लेषण गर्दा अण्डा र मुटु रोगबीच कुनै सम्बन्ध नरहेको देखियो । अध्ययनमा सातामा दुई वटा अण्डा खाने व्यक्तिको तुलनामा दैनिक रुपमा अण्डा खाने मानिसमा हृदयाघातको जोखिम १२ प्रतिशतले घट्ने पाइएको थियो ।

त्यसो त अण्डा प्रोटिन, भिटामिन तथा मिनरल्सको राम्रो स्रोत हो । यसैले आफ्नो खानामा अण्डालाई समावेश गर्नु उचित मानिन्छ ।

अमेरिकास्थित इपिडस्टेट इन्स्टिच्यूट इन मिसिजन तथा उटास्थित डिएलडब्लु कन्सल्टिङ सर्भिसेजका अनुसन्धानकर्ताद्वारा गरिएको उक्त अध्ययनलाई एग न्युट्रिसन सेन्टरले आर्थिक सहयोग गरेको थियो । यो अध्ययन ‘अमेरिकन कलेज अफ न्यूट्रिसन’को जर्नलमा प्रकाशित छ ।-एजेन्सीको सहयोगमा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget