नेपालगञ्ज,मङ्सिर ६ गते । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो दल संविधान संशोधनको पक्षमा नलाग्ने बताएका छन् ।
प्रेस चौतारी, बाँकेले गरेको पत्रकार सम्मेलनमा एमाले नेता नेपालले भने, संविधान संशोधन केका लागि ? त्यसको औचित्य पुष्टि हुनुपर्छ । राष्ट्रिय अखण्डता, मुलुकको सुरक्षा, स्वतन्त्रता र जातीय एकता बिगार्न संविधान संशोधन गर्न पाइँदैन ।’
नेता नेपालले संविधान संशोधनका नाममा अहिले भ्रम फैलाउन खोजिएको बताए । उनले भने, कसैको राजनीतिक स्वार्थपूर्ति र विदेशीको इशारामा संविधान संशोधन हुनै सक्दैन ।
उनले अघि भने, सबै नेपाली जनताको माग र मुलुकको आवश्यकता स्थानीयदेखि केन्द्रीय तहसम्मको निर्वाचन हो, संविधान कार्यान्वयनका लागि सबैभन्दा पहिले निर्वाचन प्रक्रियालाई अघि बढाउनुपर्छ ।’-रासस
Post a Comment