काठमाडौँ, मंगसिर १ गते । सत्तारूढ दल नेपाली कांग्रेस र मधेसी मोर्चाबीच आज साँझ छलफल हुने भएको छ। पोखराबाट आजै आएका सभापति देउवाले साँझ ५ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मोर्चासँग छलफल गर्ने भएका छन्।
कांग्रेस सभापति देउवासहितको शीर्ष नेताहरुको वार्तामा संविधान संशोधन र वर्तमान राजनीतिक विषयमा छलफल हुने भएको छ।
Post a Comment