इंग्लिस महारथी क्लव म्यान्चेस्टर युनाइटेड युरोपा लिग फुटबलको नकआउट चरणनजिक पुगेको छ । समूह चरणको पाचौं खेलमा नेदरल्याण्ड्सको फेयेनुर्डलाई पराजित गरी युनाइटेड समूहको दोस्रो स्थानमा पुगेको छ ।
बिहीबार राति घरेलु मैदानमा समूह एमा रहेको युनाइटेडले फेयेनुर्डलाई ४-० ले हराउँदै युनाइटेडले पाँच खेलमा ९ अंक जोडेको छ । समान खेलबाट १० अंकसहित टर्कीको फेचरबाचे यस समूहको शीर्ष स्थानमा छ ।
युनाइटेडले समूहको अन्तिम खेलमा युक्रेनको जोर्यासँग उसकै मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
बिहीबारको खेलमा युनाइटेडलाई जिताउन कप्तान वायने रुनी, जुहान माटा र जेसे लिंगार्डले गोल गरेका थिए । फेयेनुर्डका बार्डली जोन्सले आत्मघाती गोल गरेका थिए ।-अनलाइनखबर
Post a Comment