Websoft University

www.radiomakalu.com || 021-522512


ममाथि अपमानजनक व्यवहार भयो : रुनी

wayne-rooney

म्यान्चेस्टर – म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर वेयन रुनीले आफूसँग अपमानजनक व्यवहार भएको बताउँदै आफू अझै ‘नसिद्धिएको’ बताएका छन् ।
इंग्ल्याण्डको राष्ट्रिय टोलीका लागि खेल्दा उनीमाथि त्यस्तो व्यवहार भएको बताएका हुन् ।

अन्तर्राष्ट्रिय ब्रेकका दौरान इंग्ल्याण्डका कप्तान रुनीको साथीको विवाहको बेलाको आपत्तिजनक तस्विर बाहिर आएको थियो । यसका लागि उनले माफी समेत मागेका छन् ।

यद्यपि, उनले आफूलाई ‘सम्मान नगरिएको’ महुसस भएको बताएका छन् ।

‘मिडियाले मेरो शोक सन्देश लेख्न चाहेका छन्, तर म त्यो हुन दिन्न,’ उनले भने ।

‘म मेरो देशका लागि खेल्न चाहन्छु,’ शनिबार ओल्ड ट्राफोडमा आर्सनलसँगको खेल पछि भने, ‘मैले हालसम्म हासिल गरेको उपलब्धिलाई गर्व गर्छु, म अझै सकिएको छैन ।’

यसअघि द सनले रुनीको आपत्तिजनक तस्विर सार्वजनिक गरेको थियो । - रातोपाटी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget