Websoft University

www.radiomakalu.com || 021-522512


बर्षमानले भने– मधेशी मोर्चाको प्रस्ताव अनुसार संसोधन प्रस्ताव तयार छ


बर्षमानले भने– मधेशी मोर्चाको प्रस्ताव अनुसार संसोधन प्रस्ताव तयार छ
काठमाडौं  मङ्सिर ५ गते । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आन्दोलनरत मधेशवादी दललाई मान्य हुने गरी संबिधान संसोधन हुने बताएका छन् ।

बिराटनगरमा आइतबार स्थानीय संचारकर्मीसँग कुरा गर्दै उहाँले मधेशी मोर्चाको प्रस्ताव अनुसार नै सरकारले संबिधान संसोधन प्रस्ताव संसदमा लैजाने तयारी गरिरहेको जानकारी दिएका हुन् ।
नेता पुनले मधेशी मोर्चाको सहमतिविना संविधान संशोधन प्रस्ताव संसदमा पेश नगर्ने पनि स्पष्ट पारे । उनले मधेशी मोर्चा र सरकार बिच अहिलेसम्म भएको छलफलमा मोर्चाले गरेको प्रतिबद्धताबाट पछि नहट्ने बिश्वास पनि व्यक्त गरे ।
संबिधान संसोधन अहिलेको आवश्यक्ता रहेको बताउँदै नेता पुनले काँग्रेस, एमाले र मधेशी दलको आ आफ्नै धारणा भएको बताउँदै संबिधान संसोधनका लागी सवैको धारणा बीचबाट सहमतिको विन्दुमा पुग्न सकिने बताए ।
नेता पुनले स्थानिय निकायको निर्वाचन चैत्र मसान्तसम्म भईसक्ने दावी गरे । आगामि मंसिर सम्म प्रादेशीक र केन्द्रीय तहको निर्वाचन हुने गरी सरकारले सामान्य खाका बनाएको पनि उनले जानकारी दिए ।- रातोपाटी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget