महोत्तरी,मंसिर १२ गते । महोत्तरी र धनुषा जिल्लाको संयुक्त कारागार जलेश्वर कारागारमा आज बिहान दुई समूहबीच झडप हुँदा दशभन्दा बढी कैदीबन्दी घाइते भएका छन् ।

आज बिहान ११ बजेतिर कैदीबन्दीका दुई समूहमा दाउरा र फलामको डन्डीले दोहोरो हानाहान भएको चौकीदार श्रीनारायण महतोले बताए।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी निरीक्षक रवीन्द्र खनालको नेतृत्वमा गएको ५० जना प्रहरीको टोलीले कारागारभित्र छिरेर झडप नियन्त्रणमा लिएको थियो ।
रासस
Post a Comment