Websoft University

www.radiomakalu.com || 021-522512


भारतीय विदेशमन्त्री सुष्मा स्वराजको किड्नी फेल


नयाँ दिल्ली, मंसिर १ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको किड्नी (मृगौला) काम नलाग्ने (फेल) भएको छ ।



विदेशमन्त्री स्वराजले नै आफ्नो स्वास्थ्यअवस्थाका बारेमा जानकारी दिएकी हुन् । उनले ट्वीट गर्दै आफ्नो किड्नी फेल भएको जनाएकी हुन् ।

नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उनको उपचार भइरहेको छ । बुधबार ट्वीट गर्दै विदेशमन्त्री स्वराजले आफ्नो उपचार भइरहेको बताएकी छन् । किड्नी प्रत्यारोपणका लागि परीक्षण भइरहेको पनि उनले जनाएकी छन् ।

उनले भगवान श्रीकृष्णले आफ्नो रक्षा गर्ने पनि ट्वीटमा उल्लेख गरेकी छन् ।

लामो समयदेखि मधुमेह रोगबाट पीडित उनको किड्नीमा असर गरेको चिकित्सकहरुलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । उनी अझै केही दिन अस्पतालमै रहने बताइएको छ । (एजेन्सी)

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget