Websoft University

www.radiomakalu.com || 021-522512


पशुपति गुरुयोजनालाई नौ करोड

pashupati nathको लागि तस्बिर परिणाम

काठमाडौँ, कात्तिक २५ गते । विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार विकासका लागि नयाँ गुरुयोजना तयार हुने भएको छ । नेपाल सरकारले नयाँ गुरुयोजना तयारीका लागि पशुपति क्षेत्र विकास कोषलाई नौ करोड रुपियाँ अनुदानसमेत स्वीकृत गरेको छ ।
पुरानो गुरुयोजनाबाट भएका कामको समीक्षा गर्दै नयाँ गुरुयोजना निर्माण हुने बताइएको छ । ‘पुरानो गुरुयोजना अवधारणागत योजना थियो अवको गुरुयोजनाले भू–उपयोगसहित मूर्त तथा अमूर्त कला, सम्पदा पशुपति क्षेत्रको जनजीवन र विश्व सम्पदा क्षेत्रको विश्वव्यापी मान्यता अनुरूप निर्माण कार्य गर्छ’, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी गराउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय मान्यता प्राप्त काइवाइ नामक विज्ञको नेतृत्वको टोलीले यसबारे अध्ययन गरिरहेको छ ।
पशुपति क्षेत्रमा अब निर्माण हुने भौतिक संरचनालाई पुरातात्विक तथा विश्व सम्पदाको मर्म तथा भावनाअनुरूप कसरी लैजान सकिन्छ र यसका लागि यस क्षेत्रको भू–उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा विज्ञले अध्ययन गरिरहेका छन् । यो अध्ययनपछि कोषले अन्तर्राष्ट्रिय स्तरमा पशुपति क्षेत्रको समग्र सुधारका लागि विज्ञलाई सहभागी हुन आह्वान गर्नेछ । कार्यकारी निर्देशक उप्रेतीका अनुसार पशुपति क्षेत्रलाई हिन्दुको गन्तव्यस्थलका रूपमा अबको गुरुयोजनाले समेट्नेछ ।
पशुपति क्षेत्रका देव स्थल, मानव बसोबास, सांस्कृतिक झाँकी, जनजीवन, भक्तजनप्रतिको सद्भावना लगायतका अमूर्त सम्पदाको जगेर्नाका लागि भू–उपयोग गर्दै अगाडि बढाइनेछ ।
पशुपति क्षेत्र गैरहिन्दुका लागि पनि आकर्षणको केन्द्र बनाउने यो दोस्रो गुरुयोजनाको लक्ष्यमा छ । सुरु गुरुयोजनाले लक्षित गरेको ७० प्रतिशत कार्यमा कोषले सफलता हासिल गरिसकेको बताइएको छ । चाबहिल चोक, रातोपुल, सेतोपुल, तिलगङ्गाको घेराभित्रको क्षेत्र पशुपति क्षेत्र घोषणा गरिएको छ । अबको योजनाले यी क्षेत्रलाई समेत भविष्यमा समेट्ने सम्भावना छ । पहिलो गुरुयोजनाले विश्व सम्पदामा सूचीकृत पशुपति मन्दिर आसपासका सीमित क्षेत्रमा मात्र विकास निर्माण कार्य गर्दै आएको थियो । निर्देशक उप्रेतीका अनुसार अबको कार्ययोजनामा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पुरातत्वविद् सहभागी हुनुहुनेछ । - सरोज आचार्य , गोरखापत्रबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget