भारतीय सेनाका जवान चन्दु चौहान पाकिस्तानी सीमामा पक्राउ परेको विषयमा अनौठो खुलासा भएको छ । जानकारीका अनुसार उनी सिनियर कमान्डरहरुसँग असन्तुष्ट भएर पाकिस्तानी भूमिमा गएका थिए । उनी राष्ट्रिय राइफल्सका जवान हुन् ।
जानकारीका अनुसार चन्दुका, विहिवार दिउँसो आफ्ना सिनियरसँग भनाभन भएको थियो । त्यसपछि उनी रिसाएका थिए र पाकिस्तानी नियन्त्रण रेखतिर गएका थिए ।
पाकिस्तानी नियन्त्रण रेखातिर गएका चन्दुलाई उनका साथीले नजान आग्रह गरेका थिए । तर, रिसाएका चन्दुले कसैको कुरा सुनेनन् । हेर्दा हेर्दे भारत नियन्त्रीत रेखा पार गरेको र उनलाई पाकिस्तानी सेनाले पक्राउ गरेको भारतीय मिडियामा समाचार छ ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानमा पक्राउ सेना चन्दुको फिर्ता ल्याउने प्रयास भएका थिए ।-रातोपाटी
Post a Comment