Websoft University

www.radiomakalu.com || 021-522512


बेलसोत कप : ० का विरुद्ध १ गोल

कटारी असोज २३ गते  ।  महोत्तरीले उदयपुरको कटारी–२ मा जारी बेलसोत कप–२०७३ को उपाधि हात पारेको छ । गोलबजार युवा क्लब , सिरहालाई ० का विरुद्ध १ गोल गर्दै महोत्तरीले शनिबार बेलसोत कपको उपाधि सँगै नगद ४१ हजार १ सय ११ हात पार्यो । त्यसैगरी उपविजेता सिरहाले नगद २१ हजार १ सय ११ का साथमा शिल्ड , मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

katarai


कडा प्रतिष्पर्धाका बीच महोत्तरीका श्रीराम केसीले पहिलो हाफमा गरेको १ गोलनै उपाधिका लागि निर्णायक गोल बन्यो । श्री कमलामाई बचत तथा ऋण सहकारी सँस्था लिमिटेड बेलसोतको आयोजना तथा र्याप्mिटङ्ग स्टार काठमाडौंको प्रायोजन र त्रिवेणी एजुकेसन एकेडेमीको सह–प्रायोजनमा दसैंको अवसर पारेर प्रतियोगिता सम्पन्न गरिएको प्रतियोगिताका संयोजक रुद्र आलेले बताए । प्रतियोगितामा उदयपुर , सिरहा , सप्तरी , महोत्तरी , र सिन्धुलीका १६ टिमले प्रतिष्पर्धा गरेका थिए  ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget